अमेरिकाले ताइवानलाई लडाकु जहाज बेच्ने

845
  •  
  •  
  •  

एजेन्सी । अमेरिकाले ताइवानलाई ८ अर्ब डलर बराबरको एफ १६ लडाकु जहाज बेच्ने भएको छ ।

अमेरिका र ताइवानबीच भएको सम्झौतामा ६६ जहाज, ७५ इन्जिन, र अन्य सिस्टमहरू समावेश हुने समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ ।

चीनले आ–आफ्नो भूभाग दाबी गर्दै आएको ताइवानको सुरक्षामा पनि अमेरिकाले मद्दत गर्ने उक्त सम्झौतामा उल्लेख छ ।

यो खरिद सम्झौता ताइवान र अमेरिकाबीचको अहिलेसम्मकै ठूलो व्यापार हो । ताइवानका राष्ट्रपति साइ इङ–वेनले लडाकु जहाजले ताइवानको हवाइ सुरक्षा सुदृढ हुने बताएकी छन् ।


  •  
  •  
  •