ताइवानमा शक्तिशाली भूकम्प

89
  •  
  •  
  •  

एजेन्सी । ताइवानको पूर्वी तटीय क्षेत्रमा ७.४ म्याग्निट्यूडको शक्तिशाली भूकम्प गएको छ । ताइवान र यसका छिमेकी देशहरूमा सुनामीको चेतावनी जारी गरिएको छ ।

यूएस जियोलोजिकल सर्भेका अनुसार भूकम्पको केन्द्र ताइवानको हुआलियन सहरबाट १८ किलोमिटर (११ माइल) दक्षिणमा रहेको छ।

ताइवानमा यो २५ वर्षयताकै शक्तिशाली भूकम्प गएको भूकम्प मापन अधिकारीहरूले जनाएका छन् । चीनको दक्षिणपूर्वी फुजियान प्रान्तका केही भागमा पनि भूकम्पको धक्का महसुस भएको चिनियाँ सरकारी सञ्चारमाध्यमले जनाएका छन् ।

जापान मौसम विज्ञान एजेन्सीले जापानको दक्षिणपश्चिम तटीय क्षेत्रमा ३ मिटर उचाइसम्म छालहरू आउने जनाएको छ । फिलिपिन्सको भूकम्प मापनसम्बन्धी निकायले त्यहाँ सुनामी आउन सक्ने चेतावनी जारी गरेको छ।


  •  
  •  
  •