सडककाे जग्गा अतिक्रमण गरी बनाइएका टहरामाथि नगरपालिकाले डोजर लगायो

342
  •  
  •  
  •  

काठमाडौं, १५ चैत (ओएनएस) : सडककाे जग्गा अतिक्रमण गरी बनाइएका टहरालार्इ नगरपालिकाले डोजर लगार्इ हटाएकाे छ। वीरेन्द्रनगर नगरपालिकाले सडक छेउमा लामाे समयदेखि जग्गा अतिक्रमण गरेर बनाइएका घर टहराहरुमाथि डोजर चलार्इएकाे हाे ।

नगरपालिकाले सार्वजनिक सूचना जारी गर्नुका साथै र मौखिक रुपमा ताकेता गर्दा पनि टहराहरु नहटाएपछि डोजर नै चलाएर जबरजस्ती भत्काउन लागिएकाे नगरपालिका अनुगमन उपशाखाका प्रमुख यामलाल गिरीले बताए।

नगरपालिकाले माघ १९ गते १५ दिने सूचना टाँसेर सडक छेउमा अव्यवस्थित रुपमा टहरा, पसलहरु हटाउन अनुरोध गर्दा पनि नमानेपछि जबरजस्ती हटार्इएकाे नगरपालिकाले जनाएकाे छ। नगरपालिकाले पटक–पटक खाली गर्न सूचना जारी गरे पनि अटेरी गरेपछि प्रहरी, सशस्त्र प्रहरी र टोल विकास संस्थाको सहयोगमा वडा नम्बर ६ र ८ का केही ठाउँहरुमा डोजर लगाएर टहराहरु भत्काइएकाे हाे।

बिहीबार घण्टाघर चोक, एमाले पार्टी कार्यालय नजिक, क्याम्पस रोड, धमलाचोकको लाइन र जिल्ला प्रहरी कार्यालय रहेको रोडमा सडक छेउको जग्गा अतिक्रमण गरेर बनाइएका ८८ वटा कच्ची घर, टहरा र घुम्तीहरु भत्कार्इएको अनुगमन उपशाखाका प्रमुख गिरीले बताए।


  •  
  •  
  •