‘हल्कारा’ को पोस्टर सार्वजनिक

88
  •  
  •  
  •  

काठमाडौं । नेपाली चलचित्र ‘हल्कारा’ को फस्टलुक पोस्टर सार्वजनिक भएको छ ।  विक्रम सापकोटाको निर्देशन रहेको चलचित्रको पोस्टरमा अभिनेता महेश त्रिपाठी र अभिनेत्री विनिता थापामगरलाई फिचर्ड गरिएको छ । फिल्मको पोस्टर केही पृथक छ । फिल्मले गहन विषय उठाएको पोस्टरबाट आँकलन गर्न सकिन्छ ।

निर्माण टिमले फस्टलुक पोस्टर सार्वजनिक गरेपनि पोस्टरमा प्रदर्शन मिति भने राखेको छैन ।  फिल्मले एक बेरोजगार गाउँको कथा वाचन गरेको निर्देशक सापकोटाले जानकारी दिएका छन् ।

सोसल ड्रामामा निर्माण भएको ‘हल्कारा’ को कथा निर्देशक सापकोटा स्वयंले तयार पारेका हुन् । साथै उनले फिल्मका लागि उपयुक्त मिति मिलाउन वितरकसँग छलफल भइरहेको र केही दिनमा टुंगो लाग्ने बताए ।

फिल्ममा निर्देशक सापकोटालाई आकाश बराल र विप्लव प्रतिकले सघाएका छन् । निर्देशक सापकोटा र रामकृष्ण पोखरेलले फिल्मको निर्माण गरेका हुन् । ‘हल्कारा’ मा महेश र विनिताका साथै उमेश तामाङ, दीपक क्षेत्री, पशुपति राईलगायतका कलाकारहरुको अभिनय रहेको छ ।


  •  
  •  
  •