टेबलटेनिस टोली इन्डोनेसिया जाने

277
  •  
  •  
  •  

काठमाडौं । २४ औँ एसियाली टेबलटेनिस च्याम्पियनसिपमा सहभागी हुन ६ खेलाडीसहित ८ सदस्यीय नेपाली टोली शुक्रबार इन्डोनेसियाको योगार्ता प्रस्थान गर्ने भएको छ ।

सेप्टेम्बर १५ देखि २२ तारिखसम्म हुने प्रतियोगिताको पुरुषमा स्यान्टु श्रेष्ठ, अमरलाल मल्ल र संयोग कपालीले प्रतिस्पर्धा गर्ने छन् ।

महिलामा नविता श्रेष्ठ, एलिना महर्जन र सिक्का सुवालले भाग लिने छन् । प्रशिक्षकमा मोहनदास बासुकला तथा व्यवस्थापकमा धर्ममान वज्राचार्य छन् । टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवालले बिहीबार एक कार्यक्रमबीच बिदाइ गरे ।


  •  
  •  
  •