टि–२० विश्वकप छनोटको लागि नेपाली टोली घोषणा

120
  •  
  •  
  •  

काठमाडौं । सिंगापुरमा हुने टी–२० विश्वकप छनोट अन्तर्गत एसिया फाइनल खेल्न नेपालले २५ सदस्य प्रारम्भिक टोली घोषणा गरेको छ ।

उमेश पटवाल राष्ट्रिय टोलीको प्रशिक्षक नियुक्त भएपछि कप्तान पारस खड्काको कप्तानीमा २५ सदस्यीय टोली घोषणा गरिएको हो ।

टोलीमा खड्कासँगै ज्ञानेन्द्र मल्ल, बसन्त रेग्मी, विनोद भण्डारी, दिपेन्द्र सिंह ऐरी, करण केसी, तलित नारायण राजवंशी, आरिफ शेख, प्रदिप ऐरी, रोहितकुमार पौडेल, सन्दीप लामिछाने, शरद भेषावकर, सोमपाल कामी छन् ।
यस्तै जितेन्द्र मुखिया, सन्दीप जोरा, सुशास भारी, कुशल भुर्तेल, भीम सार्की, अविनास बोहोरा, अमित श्रेष्ठ, नन्दन यादव, पवन शर्राफ, राजु रिजाल, शाहब आलम पनि टोलीमा परेका छन् । बन्द प्रशिक्षण बिहीबारबाट सुरु हुनेछ ।

 


  •  
  •  
  •