टी-२० विश्वकपको समूह चरणमै भारत-पाकिस्तानको भीडन्त

285
  •  
  •  
  •  

ICC-T20-World-cupकाठमाडौँ, २५ मंसिर(ओएनएस) : टी-२० विश्वकप क्रिकेट प्रतियोगिताको सुपर १० मा भारत र पाकिस्तानबीच प्रतिपर्धा हुने भएको छ । एक-अर्काका कट्टर प्रतिद्धन्दी रहेका यी दुईदेशको भीडन्त सँधैझै रोचक हुनेछ ।

अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले शुक्रबार सार्वजनिक गरेको टि-२० विश्वकप क्रिकेट प्रतियोगिताको खेलतालिकामा भारत र पाकिस्तान एकै समूहमा रहेका छन् ।

आईसीसीले सार्वजनिक गरेको खेल तालिका अनुसार प्रतियोगिता मार्च ८ देखी अप्रिल ३ सम्म हुनेछ । प्रतियोगिताको सेमिफाइनल खेल दिल्ली र मुम्बईमा खेलिनेछ भने फाईनल खेल ३ अफ्रिलमा कोलकोतामा हुनेछ ।

विश्वकपको पहिलो राउण्डको समूह ए मा बंगलादेश, नेदरल्याण्ड, आयरल्याण्ड र ओमान रहेका छन् भने समूह बीमा जिम्बाबे, स्कटल्याण्ड, हङकङ र अफगानिस्तान छन् । यी दुवै समुहको विजेता राष्ट्रले सुपर १० मा प्रवेश पाउनेछन् । पहिलो चरणको समूह ए को विजेता टोली सुपर १० को समूह २ मा रहने छ भने समूह बी को विजेता समूह १ मा रहनेछ ।

समूह १ मा श्रीलंका, दक्षिण अफ्रिका, वेष्टइण्डिज र इङल्याण्ड रहेका छन् भने समूह २ मा भारत, पाकिस्तान, अष्ट्रेलिया र न्यूजिल्याण्ड रहेका छन् ।


  •  
  •  
  •