चैत ३० हुने टी–ट्वान्टी प्रतियोगितामा संलग्नता छैन : क्यान

167
  •  
  •  
  •  

canकाठमाडौ, १२ चैत (ओएनएस) : नेपाल क्रिकेट संघ (क्यान) ले आगामी चैत ३० हुने भनिएको ट्वान्टी क्रिकेट प्रतियोगितामा आफ्नो संलग्नता नभएको जनाएको छ ।

बिहिबार एक विज्ञप्ति निकाल्दै क्यानले उक्त प्रतियोगिता पूर्ण रुपले जोहरा स्पोर्टस म्यानेजमेन्टको आयोजना र जिम्मेवारीमा संचालन हुने र नेपाल क्रिकेट संघको आर्थिक तथा प्रशासनिक दायित्व भित्र नरहने जनाएको छ ।साथै क्यानले प्रतियोगितामा सहभागि हुने खेलाडी र अफिसियलका सम्बन्धमा आपत्ति नरहेको पनि जनाएके छ ।

यही २०१५ अप्रिल १३ देखि २२ सम्म आयोजना हुने उक्त टि २० क्रिकेट प्रतियोगिताका लागि अयोजकले जानकारी र माग गरेअनुसार त्रिवि क्रिकेट मैदान उपलब्ध गराएको पनि क्यानको बिज्ञप्तिमा उल्लेख गरिएको छ । साथै प्रतियोगिताबाट खेलाडीहरुले व्यवसायिक अवसर पाउने र नया प्रतिभा अगाडी आउने नेपाल क्रिकेट संघले बिज्ञप्तिमा उल्लेख गरेको छ ।

यसअघि क्यानले आफू प्रतियोगिता संचालन गर्नुको सट्टा पूर्वअन्तर्राष्ट्रिय खेलाडी आमिर अख्तर प्रबन्ध निर्देशक रहेको जोहरा स्पोर्टस म्यानेजमेन्टलाई काठमाडौंमा आयोजना गर्ने भनिएको नेपालका निजी क्षेत्रको स्वामित्वमा टिम रहने र नेपालका अधिकांश राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी र अफिसियल सहभागि हुने भन्दै आलोचना भएको थियो ।


  •  
  •  
  •