ट्वान्टी-२० प्रतियोगिता हुलाक टिकटमा

213
  •  
  •  
  •  

काठमाडौ, २४ मंसिर : नेपाली खेलकुदको सबैभन्दा ठूलो सफलता पाएको विश्व ट्वान्टी-२० क्रिकेट प्रतियोगिता हुलाक टिकटमा आएको छ । हुलाक टिकटमा सञ्चारमन्त्री मिनेन्द्र रिजालले प्रथम टाँचा लगाएका छन् ।

नेपालले पहिलो पटक गत मार्च महिनामा बंगलादेशमा सम्पन्न आइसिसी वर्ल्ड क्रिकेट ट्वान्टी-२० मा सहभागिता जनाएको थियो । उक्त प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै हङकङ र अफगानिस्तानलाई पराजित गरेको थियो भने बंगलादेशसँग पराजय बेहोरेको थियो ।

विभागले आयोजना गरेको कार्यक्रमलाई राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले सम्बोधन गरेका थिए।

टिकटको नमुना हुलाक सेवा विभागका कलाकार पूर्णकला लिम्बु विष्टले तयार पारेका हुन्। नागरिक दैनिकबाट


  •  
  •  
  •