टी–२० विश्वकप एसिया छनोट : नेपाल सिंगापुरसँग ८२ रनले पराजित

278
  •  
  •  
  •  

काठमाडौं । आईसीसी टी २० एसिया विश्वकप छनोट खेलमा नेपाल सिंगापुरसँग ८२ रनले पराजित भएको छ ।

१ सय ९२ रनको विजयी लक्ष्य पछ्याएको नेपाल १५ ओभरमा अल आउट हुँदै १ सय ९ रनमा समेटियो । ओपनर ज्ञानेन्द्र मल्लले ३९ रन बनाउन बाहेक अन्य कुनै पनि खेलाडीले राम्रो प्रर्दशन गर्न सकेनन् ।

नेपालले चौथो ओभरको पहिलो बलमा कप्तान पारस खड्कालाई १२ रनमा गुमायो ।
अम्जाद महबुबको बलमा ठूलो सट खेल्ने धुनमा पारस सुरेन्द्रन चन्द्रमोहनबाट क्याच आउट हुनुअघि १० बलमा समान १ चौका र छक्का प्रहार गरे ।

सातौं ओभरको तेस्रो बलमा विजय कुमारले ज्ञानेन्द्र मल्ललाई ३९ रनमा बोल्ड आउट गरे । उनले २१ बलमा ४ चौका र ३ छक्का प्रहार गरे ।

८ औं ओभरको चौथो बलमा जनक प्रकाशले बाउन्डी लाइन नजिकै एक हातले उत्कृष्ट क्याच लिँदै शरद भेषवकरलाई ७ रनमा क्याच आउट गरे ।

नवौं ओभरको तेस्रो बलमा विजयकुमारले रोहित कुमार पौडेललाई कट विहाइन्ड गर्दै ५ रनमा आउट गरे ।

नेपालले ११ औं ओभरमा विनोद भण्डारीलाई ९ र करण केसीलाई शुन्यमा गुमाए । त्यसपछि अघिल्लो चरणको सम्भावना कम भएको थियो । दुबै विजय कुमारको बलमा ठूलो सर्ट खेल्ने धुनमा आउट भएका हुन् । सोमपाल कामी ११ रनमा रन आउट भए । सन्दीप लामिछाने डक र दीपेन्द्र सिंह ऐरी २३ रनमा आउट भए ।

सिंगापुरका विजय कुमारले ४ ओभरमा २५ रन खर्चेर ४ विकेट लिए । त्यस्तै जनक प्रकाश,अनन्थ कृष्ण,मम्जाद महबुबले विकेट लिए । विनोथको नाममा २ विकेट रह्यो ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ थालेको सिंगापुरले निर्धा्रित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ९१ रन बनायो ।

करण केसीलाई दोस्रो ओभरमा दास्रो र तेस्रो बलमा लगातार चौका प्रहार गरेका सिंगापुरका ओपनर सुरेन्द्रन चन्द्रमोहन चौथौ बलमा भने ठूलो सट खेल्ने धुनमा ज्ञानेन्द्र मल्लबाट ८ रनमा क्याच आउट हुन पुगेका थिए ।

यस्तै रोहन रंगराजन र टिम डेविडले दोस्रो विकेटका लागि ८९ रनको उत्कृष्ट साझेदारी गर्दै विशाल योगफल तर्फ लम्काएका थिए ।

यी दुईबीचमो साझेदारी ११ औं ओभरको चौथो बलमा अभिनाष बोहोराले रोहनलाई शरद भेषवाकरबाट ४९ रनमा क्याच आउट गराउँदै तोडेका थिए । रोहनले ३३ बलमा ३ चौका र ४ छक्का प्रहार गरे ।

तेस्रो विकेटका लागि डेविडले मनाप्रित सिंहसँग ६६ रनको साझेदारी गरेपछि सिंगापुरले विशाल योगफल तयार पारेको हो । सिंहले २७ बलमा ३ चौका र २ छक्का सहित ४२ रनमा क्याच आउट भए ।

नेपालका लागि अभिनाष बोहोराले ४ ओभरमा ३५ रन खर्चेर ४ विकेट लिए । करण केसीको नाममा विकेट रह्यो । करण केसीले ३ ओभरमा २६ रन खर्चेर २ विकेट लिए । शरद भेषवाकर, सन्दीप लामिछाने, सोमपाल कामी र वसन्त रेग्मी भने विकेट विहीन हुन पुगे ।

 


  •  
  •  
  •