टी–२० विश्वकप एसिया छनोट : नेपाली राष्ट्रिय टिमको घोषणा

429
  •  
  •  
  •  

काठमाडौं । सिंगापुरमा हुने आईसीसी टी–२० विश्वकपको एसिया क्षेत्रीय छनोटका लागि नेपाली राष्ट्रिय टिमको घोषणा गरिएको छ ।

काठमाडौंमा आइतबार आयोजित कार्यक्रममा १८ सदस्यीय नेपाली राष्ट्रिय टोलीको घोषणा गरिएको हो ।

१४ नियमित र ४ वैकल्पिक खेलाडी छनौट भएका छन् ।  पारस खड्काको कप्तानीमा सार्वजनिक गरिएको खेलाडीको सूचीमा प्रदीप ऐरीले टिममा पर्दा आरिफ शेख बैकल्पिक खेलाडीमा परेका छन् । यसका साथै यही टिम मलेसिया विरुद्ध दुई वटा टी–२० खेल पनि खेल्नेछ ।

सिंगापुरमा जुलाई २२ देखि २८ तारिखसम्म हुने प्रतियोगिताका लागि छनोट भएको टिम यस्तो रहेको छ ।

१. पारस खड्का कप्तान
२. ज्ञानेन्द्र मल्ला उपकप्तान
३. शरद भेषवाकर
४. बसन्त रेग्मी
५. विनोद भण्डारी
६. सोमपाल कामी
७. करण केसी
८. प्रदीप ऐरि
९. सन्दीप लामिछाने
१०. दिपेन्द्र सिंह ऐरी
११. रोहित कुमार पौडेल
१२. ललित नारायण राजवंशी
१३. पवन सर्राफ
१४ अभिनाश बोहरा

वैकल्पिक खेलाडी
१. कुशल भुर्तेल
२. जितेन्द्र कुमार मुखिया
३. सुसान भारी
४ आरिफ शेख

एसिया छनौटमा नेपालको खेल तालिका
जुलाई २३– नेपाल भर्सेस कतार
जुलाई २४– नेपाल भर्सेस मलेसिया
जुलाई २७– नेपाल भर्सेस कुवेत
जुलाई २८– नेपाल भर्सेस सिंगापुर


  •  
  •  
  •