‘के तपाईं सिरियाका बालबालिकाको जीवन रक्षा गर्न सक्नुहुन्छ ?’

491
  •  
  •  
  •  

Bana Alabed and trumpडोनाल्ड ट्रम्पले गत शुक्रबार मात्र अमेरिकी राष्ट्रपतिको कार्यभार सम्हालेका छन् ।

निर्वाचनता नै आलोचित हुँदै आएका टम्पविरुद्ध अहिले पनि विरोध प्रदर्शन भइरहेको छ ।

विशेषगरी टम्पले महिलामाथिको यौन हिंसा, आप्रबासीप्रतिको कडा नीति बलम्बन गरेको आरोप लाग्दै आएको छ ।

यसै क्रममा युद्धग्रस्त मुलुक सिरियाकी ७ वर्षीया बालिका बाना अलावेदले अमेरिकी राष्ट्रपति ट्रम्पलाई खुला पत्र लेखेकी छन् ।

सिरियाको एलेप्पोकी बालिका अलावेद ट्वीटरमा विश्वमाझ चर्चित छन् । तीनै बालिकाले ट्रम्पबाट केही अपेक्षाबारे खुलाएकी छन् ।
एलेप्पो सहरम हिंसा बढ्दै गएका बेला बानालाई उद्धार गरेर टर्की पुर्याइएको थियो । उनकी आमा फतेमाले ट्वीटर अकाउण्ट चलाउन मद्दत गर्छिन् । फतेमाले छोरी बानाले ट्रम्पलाई लेखेको खुला पत्र बीबीसीलाई पठाएको  जनाइएकाे छ । ती बालिकाले ट्रम्पको सपथ अघि पत्र लेखेकी हुन् ।

यस्तो छ, बानाले ट्रम्पलाई लेखेको खुला पत्र (अनुवाद)
_93796820_syriaalabedप्रिय, डोनाल्ड ट्रम्प ।
मेरो नाम बाना अलावेद हो । म ७ वर्षकी भएँ । र, मेरो घर सिरीयाको एलेप्पो सहरमा हो । पूर्वी एलेप्पोबाट गएको डिसेम्बरमा उद्धार गरिनु अघिको मेरो पूरा जीवन मैले सिरियामा बिताएँ ।

तर, अहिले म टर्कीको नयाँ घरमा शान्तिसँग बसिरहेको छु । म सिरियामा स्कुलमा अध्ययन गर्थे तर, बम विस्फोटमा स्कुल भत्कियो । मेरा केही साथीको निधन भयो । मलाई ती साथी सम्झँदा दुःख लागेर आउँछ । उनीहरू अहिले मसँगै भएको भएसँगै खेल्न पाउँथे जस्तो लाग्छ । एलेप्पोमा खेल्न पाईन्न । त्यो मृत्युको सहर थियो ।

अहिले टर्कीमा म रमाउन पाएकी छु । बाहिर हिँडडुल गर्न पाउँछु । म स्कुल पनि जान पाउँछु तर, अहिलेसम्म स्कुल गएकी भने छैन । त्यसैले शान्ति सबैलाई आवश्यक छ तपाईंलाई पनि । मैले यहाँ शान्तिसँग जीवन बिताइरहेको भएपनि धेरै सिरियाली बालबालिका विभिन्न ठाउँमा दुःखमा जीवन बिताउन बाध्य छन् । उनीहरुले वयस्कका कारण दुःख भोग्नु परेको हो ।

मलाई थाहा छ तपाईं अमेरिकाको राष्ट्रपति बन्नुहुनेछ । त्यसैले के तपाईं सिरियाका बालबालिका र अरु मानिसको जीवन रक्षा गर्न सक्नुहुन्छ ? तपाईंले सिरियाका बालबालिकाका लागि केही गर्नैपर्छ किनभने ती पनि तपाईकै सन्तान जस्तै हुन् र उनीहरुले पनि शान्ति सँग बाँच्न पाउनुपर्छ तपाईले जस्तै ।

तपाईंले सिरियाका बालबालिकाका लागि केही गर्ने प्रतिवद्धता जनाउनुहुन्छ भने म अहिलेनै तपाईको नयाँ साथी बनेँ । तपाईंले सिरीयाका बालबालिकाका लागि केही गर्नुहुन्छ भन्ने प्रतिक्षामा म रहनेछु ।


  •  
  •  
  •