अपडेटः सिड्नीको क्याफेभित्र २ वटा बम, ५ जना भागे

187
  •  
  •  
  •  

अपडेटः बन्दुकधारीहरुले केही सञ्चारमाध्मयहरूलाई फोन गरेर आफुहरूले क्याफेमा २ वटा बम राखेको बताएका छन् । यस्तै, उनीहरूले शहरका अन्य दुई ठाऊँमा पनि बम राखेको जनाएका छन् ।

उनीहरुले इस्लामिक स्टेटको झण्डा र प्रधानमन्त्री टोनी एबटसँग कुराकानी गर्न चाहेको बताएका छन् । यसैबीच बन्दुकधारीहरूले बन्धक बनाएका ५ जना त्यहाँबाट भागेका छन् । तीमध्ये, ३ पुरूष र २ महिला रहेको बताइएको छ ।

काठमाडौ, २९ मंसिर(एजेन्सी) : अष्ट्रेलियाको मुख्य शहर सिड्नीको मार्टीन प्लेस नामक ठाऊँमा रहेको एक चकलेट क्याफेमा रहेका मानिसहरूलाई बन्दुकधारीहरूले बन्धक बनाएका छन् ।

hostages-held-inside-martin-place-cafeबन्दुकधारीहरूले महिलालाई ढाल बनाएर राखेका छन् । उक्त क्याफेमा करिब ५० जना रहेको अनुमान गरिएको छ । उक्त क्षेत्रलाई प्रहरीला चारैतिरबाट घेरेको छ । अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार बन्दुकधारीहरूले क्याफेको झ्यालमा झण्डा समेत राखेका छन् । उक्त झण्डामा अरबी भाषामा केही लेखिएको छ । उल्लेखनीय कुरा के छ भने सबैभन्दा खतरानाक आतंकी संगठन इस्लामिक स्टेटको झण्डा पनि यस्तै रहेको छ । प्रहरीले सीरियाको आतंकी संगठनले गरेको हुन सक्ने अनुमान गरेको छ । प्रहरीका अनुसार सीरियाको आतंकी संगठन अल नुसरा र हिज्बुत तरीरको यस घटनामा सम्बन्ध रहेको हुन सक्ने आंशका गरेको छ ।

यस्तै, क्याफेमा रहेका मानिसहरू झ्यालमा भित्रपट्टी फर्किएर हात उठाएको अवस्थामा रहेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरूद्धारा जारी गरिएको तस्विरमा देखिएको छ ।

hostages-held-inside-martin-place-cafe1सिड्नीमा हवाईसेवा पनि बन्द गरिएको छ । अष्ट्रेलियाली प्रधानमन्त्री टोनी एबोटले पनि बन्धकका विषयमा विज्ञप्ति जारी गरेका छन् । उनले न्यु साउथ वेल्सको प्रीमियर माइक बेयर्डसँग कुराकानी गरेका छन् र सकेसम्म आफूले मद्धत गर्ने आश्वासन दिएका छन् । अर्कोतर्फ न्यु साउथ वेल्स प्रहरी र अष्ट्रेलियाली फेडेरल प्रहरी बन्धकको घटनालाई सकेसम्म चाँडो सुल्झाउने प्रयासमा लागेको बताइएको छ ।

बन्दुकधारीहरुले बन्धकहरूलाई इस्लामिक झण्डा समात्न जबरजस्ति गरिरहेका छन् । मार्टिन प्लेसमा बन्धकहरूलाई निकाल्ने प्रयास जारी छ र यस बीचमा नजिकका भवनहरूलाई पनि खाली गराइएको छ । सिड्नीको ओपेरा हाउसलाई समेत खाली गराइएको बताइएको छ ।

अष्ट्रलियाली संसदको राष्ट्रिय सुरक्षा समितिले क्याफेभित्र दुई आतंकवादी हुन सक्छन् । उनीहरूले त्यहाँका स्थानीयबासीहरुलाई आफूहरूले सकेसम्म चाडो उक्त समस्यालाई सुल्झाउने आश्वासन पनि दिएका छन् ।

मार्टिन प्लेस वरपरका प्राय सबै सडकहरू बन्द गरिएको छ । यता प्रहरीले क्याफेमा रहेका बन्धकहरुसँग सम्पर्क गर्ने प्रयास गरिरहेको छ । प्रहरीले स्थानीय मानिसहरुलाई शान्त रहन र उक्त क्षेत्रलाई खाली गर्न आग्रह गरेको छ ।


  •  
  •  
  •