क्याफे अपरेशनमा मृतक बन्धकहरूको चिर शान्तिको कामना गर्नेको भिड

470
  •  
  •  
  •  

sydney-cafe-siege-endsकाठमाडौ, १ पुष(एजेन्सी) : सिड्नीको लिन्ट क्याफेमा बन्धक बनाइएका बन्धकहरुलाई प्रहरीले छुटाएको छ । बन्धकहरुलाई छुटाउने क्रममा भएको भिडन्तमा ३ जना मारिएका छन्, जसमा एक बन्धुकधारी र २ बन्धक रहेका छन् भने ४ जना घाइते भएका छन् ।

मृत्यु हुने बन्धकमा एक क्याफेका व्यवस्थापक र एक महिला रहेको सञ्चारमाध्मयहरुले जनाएका छन् । ठूलो संख्यामा उपस्थित भएका मानिसहरूले मृत्यु हुने बन्धकहरूको आत्माको चीर शान्तिको कामना गरेका छन् । सिड्नीको सेन्ट मेरी क्याथेड्रल चर्चको प्रार्थना सभामा उनीहरुको चीर शान्तिको कामना गरिएको हो ।

sydney-cafe-siege-ends1५० वर्षीय बन्दुकधारी हारून मोनिस मारिएपछि १६ घण्टासम्म बन्धक बनेका मानिसहरू छुटेका थिए । अष्ट्रेलियाको न्यु साउथ वेल्स प्रहरीले बन्दुकधारी कुणै संगठनसँग जोडिएको प्रमाण नभेटिएको बताएको छ । अष्ट्रेलियाली प्रधानमन्त्री एबटले बन्दुकधारी मानसिक रूपले बिरामी भएको बताएका छन् । प्रहरीका अनुसार करिब आधा घण्टाको अपरेशनपछि बन्धकहरूलाई छुटाउन प्रहरी सफल भएको हो । बन्धक मुक्त गरेपछि रोबोटको मद्धतले क्याफेको जाँच गरेपछि प्रहरीले क्याफे सुरक्षित रहेको घोषणा गरेका थिए ।

किन गरियो अपरेशन ?

न्यु साउथ वेल्स प्रहरीका अनुसार यदी कमाण्डोहरुले अपरेशन नगरेको भए क्याफेभित्र धेरै मानिसको ज्यान जान सक्ने अवस्था आएको थियो । प्रहरीका अनुसार क्याफेभित्र गोली चल्न थालेको सुनेपछि अपरेशन सुरू गरिएको हो । प्रहरी कारबाहीका क्रममा गोली चलेको र बम पड्केको आवाज सुनिएको थियो ।

sydney-cafe-siege-ends2बन्धक बनाउने बन्दुकधारीविरूद्ध करिब ४७ वटा मुद्धा रहेको समेत बताइएको छ । उनले आफ्नै पत्नीको पनि हत्या गरेको प्रहरीले जनाएको छ ।


  •  
  •  
  •