स्याङ्जामा ट्रक दुर्घटनामा हुँदा दुई जनाको मृत्यु

166
  •  
  •  
  •  

syanja
स्याङ्जा, २७ साउन (अाेएनएस) : स्याङ्जाको गल्याङमा ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा परि तीन जना घाइते छन् ।

पोखराबाट बुटवलतर्फ जाँदै गरेको ना ३ ख ५५४६ नम्बरको मालबाहक ट्रक गल्याङ नगरपालिका-१ मालुंगामा दुर्घटना भएकाे हाे । ट्रक सडकभन्दा २०० मिटर तल खसेको थियो ।

दुर्घटनामा मृत्यु भएका एक महिला र एक पुरुषको पहिचान भने  खुल्न नसकेकाे जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । 


  •  
  •  
  •