पत्रकार दाहाललाई बेलायतबाट आर्थिक सहयोग

173
  •  
  •  
  •  

काठमाडौं, १३ फागुन (ओएनएस) : दुबै मृगौलाले काम नगरेपछि अस्वस्थ बनेका भोजपुरका पत्रकार श्यामकृष्ण दाहाललाई भोजपुर सेवा समाज बेलायतले आर्थिक सहयोग गरेको छ ।

भोजपुर सेवा समाज बेलायका अध्यक्ष दिलमान राईको सक्रियतामा संकलित एक लाख ३१ हजार ६ सय रुपैयाँ बुधबार काठमाडौंमा एक कार्यक्रमकाबीच हस्तान्तरण गरियो ललितपुरको मानभवनस्थित ब्रिटिश क्याम्पमा आयोजित एक कार्यक्रममा भोजपुर सेवा समाज बेलायका सदस्य पवन राईले नेपाल पत्रकार महासंघ भोजपुरका अध्यक्ष ज्ञानेन्द्र खड्कालाई सो रकम हस्तान्तरण गरेका हुन् ।

रकम हस्तान्तरण कार्यक्रममा बोल्दै समाजका सदस्य राईले भोजपुरका सक्रिय एक पत्रकारलाई परेको अफ्ठेरोमा बेलायमा रोजागरी गरिरेहका भोजपुरेका तर्फबाट सानो सहयोग गरिएको बताए । रकम हस्तान्तरणपछि बोल्दै पत्रकार महासंघ भोजपुरका अध्यक्ष ज्ञानेन्द्र खड्काले भोजपुरको विकासका लागि ब्रिटिश गोरखाहरुको महत्वपूर्ण योगदान रहेको बताउँदै यो सहयोगले पत्रकार दाहालको उपचारमा ठूलो सहयोग पुग्ने उल्लेख गरे ।

कार्यक्रममा बोल्दै प्रेस चौतारी नेपालका सचिव राजेश राईले पत्रकारका दाहालको उपचारका लागि चौतारी र महासंघले अभियान जारी राखेको बताउँदै उनको उपचारका लािग सहयोगी हात अघि बढाउन अपील गरे ।


  •  
  •  
  •