भगवानसँग श्वेताको पुकार

97
  •  
  •  
  •  

पीडासँगैको लामो मनौता तोड्दै अभिनेत्री श्वेता खड्काले आज प्रतिक्रिया दिएकी छन् । फेसबुक मार्फत प्रतिक्रिया दिदै उनले  आफूलाई जति कसैलाई पनि दुःख नदिन भगवानसँग प्रार्थना गरेकी छन् ।

अभिनेता स्व. श्रीकृष्ण श्रेष्ठकी पत्नी श्वेताले फेसबुकमा आफ्नो बिलौना पोखेकी छन् । ‘भगवान पनि पछुतायो होला अब गल्ती गरेछु भनेर । कोसँग दुःख सेयर गरौं भगवान । जब तिमीले यति दुःख दिएपछि कमसेकम हे भगवान भन्ने ठाउँ त राखिदिनुपर्छ,’ उनले लेखेकी छन्, ‘अझै पनि अलिकति विश्वास छ हामीलाई । जे गर्‍यौ मलाई । जति दुःख दियौ । प्लिज कसैको जीवनमा भुलेर पनि यस्तो दुःख नदेखाउन भगवान । सहन गाह्रो भयो मलाई….।’

श्रीकृष्णको साउन २४ गते नयाँदिल्लीमा उपचारकोक्रममा निधन भएको थियो ।

 


  •  
  •  
  •