सौंपको सेवनले पेटसम्बन्धी रोगबाट मुक्ती

175
  •  
  •  
  •  

काठमाडौं, असार ३ (ओएनएस) । नेपाली भान्छामा सौंपको महत्वपूर्ण स्थान छ । खाना पचाउनका लागि होस् या मुखको दुर्गन्धबाट वच्नका लागि होस् तपाई तुरुन्तै सोँपको प्रयोग गर्न सक्नु हुन्छ । खानापछि यसको प्रयोग गर्दा शरिरलाई आवश्यक क्याल्सियम, सोडियम, फस्फोरस, आइरन, पोटासियम जस्ता तत्वको प्राप्तहुन्छ । यतिधेरै भिटामिन पाउने तत्वलाई तपाई आफ्नो दैनिकीमा प्रयोग गर्ने कि नगर्ने त अब ?

पेट सम्बन्धि अधिकाशं रोगमा सौंप लाभदायक छ । प्रतिदिन ५ ग्राम सौंप खानाले कलेजो सम्बन्धि समस्याबाट बच्न सकिन्छ । अपचबाट छुटकारा पाउन पनि यसलाई आर्युवेदले अचुक औषधी मानेको छ । त्यसैगरी महिलालाई मासिक धर्मका समयमा हुने पिडाबाट छुटकारा पाउन सख्खरमा थोरै सोँप मिलाएर खान सकिन्छ । यतिमात्र होइन, यति तपाई घाटीको समस्याबाट पिडित हुनुहुन्छ भने दिनदिनै थोरै सौंप चबाउनुस् यसले घाटी सफा राख्नुका साथै स्वर सुरिलो बनाउन मदत गर्छ ।


  •  
  •  
  •