‘स्वाइन फ्लुको आयुर्वेदिक उपचार हुन्छ ‘

122
  •  
  •  
  •  

काठमाडौं १४ फागुन ।
पतञ्जली योग समितिका महामन्त्री आयुर्वेदाचार्य सिरोमणी बालकृष्ण आचार्यले, भारतमा महामारीका रुपमा फैलिएर धेरैको ज्यान लिई सकेको स्वाईन फ्लुको आयुर्वेदिक  औषधी उपचार सम्भव रहेको बताएका छन्।
धनगढीको शिवपुरी उत्तरजोर्तिलिंग धाममा फागुन २ गतेबाट सुरु भएको श्रमदभागवत महायज्ञको बुधबार समापन समारोहमा बोल्दै उनले भने, ‘ सउ ग्राम नीमको पत्ता, सय ग्राम गुर्जो, सय ग्राम दालचीनी, ५० ग्राम तुलसीको पात र २५ ग्राम ‘ल्वाङको धुलो पारेर चार सय मिलिमिटर पानीमा घोलेर खोयो भने स्वाईन फ्लु सखाप हुन्छ’ उनले भने। ‘यो कुरा बैज्ञानीक प्रमाणिकरण गरेर बोली रहेको छु।’

उनले नेपाल आयुर्वेदको खानी भएकाले, यहाँका लागि पनि पतञ्जली योग समितिले केही ठुलो काम गर्ने योजना बनाईरहेको बताए। यहाँको जडिबुटी, पानी र युवाबर्गका लागि लक्षित कार्यक्रम पतञ्जलीले ल्याउने र त्यसका लागि नेपालीहरुको सहयोगको अपेक्षा पनि गरे।
‘पतञ्जली योगले नेपालका लागि केही ठुलो योजना बनाईरहेको छ, त्यसका लागि तपाईको सहयोग चाहिन्छ’ शिबपुरी धाममा उपस्थित हजारौं दर्शनार्थी सामु उनले भने।

धनगढीको शिवपुरी धाममा आयोजना गरिएको महायज्ञको समापन समारोहमा पतञ्जली योग समिति हरिद्वारका महामन्त्री आर्युवेदाचार्य बालकृष्ण।
नेपाली बोल्न सक्ने आचार्यले आफुलाई प्रवचनमा हिन्दी भाषामा सजिलो हुने भएकाले हिन्दीमा बोल्न आग्रह गरेका थिए। शिवपुरीधाममा निर्माणाधीन धार्मिक संरचनाले हिन्दुधर्मको जगेर्नामा टेवा पुर्याउने बताए।
धाममा मुक्तिनाथका स्वामी लोकानन्दको योजनामा १०८ फिट अग्लो शिबलिंग निर्माणको अन्तिम चरणमा छ। गतवर्षदेखि हरेक वर्ष फागुन २ गतेबाट सुरु गरिने भनिएको महायत्रमा यसवर्षपनि झण्डै २ करोड रकम संकलन भएको धाम ›यवस्थापन समितिका अध्यक्ष श्यामसुन्दर तायलले बताए।
बुधबार आचार्य बालकृष्णले महायज्ञको पूर्णाहुति पनि गरेका छन।  आचार्य बालकृष्ण ‘स्वथ्य नेपाल, स्वच्छ नेपाल, शान्त नेता, समृद्ध नेपाल’ भन्ने नारा सहित विहीबार कञ्चनपुरबाट सुरुहुने योग जागरणकालागि कञ्चनपुर आएका थिए।
उनको महाकाली-मेची राष्ट्रिय योग जागरण यात्राको विहीबार कञ्चनपुरबाट सुरु हुनेछ भने १७ दिन पछि काठमाण्डौंमा राष्ट्रपतिले समापन गर्ने कार्यक्रम तय गरिएको पतञ्जली योग पिठका नेपाल प्रभारी लबदेव मिश्रले बताए।
बुधबारै नेपाल आएका आचार्य वालकृष्णलाई नेपाल-भारत सीमा अन्र्तगत पश्चिमी नाका गड्डाचौकीमा कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र घिमिरे सहितका सुरक्षाकर्मी र आयोजक पंतजली योग समितिका पदाधिकारीहरुले फुलमाला सहित स्वागत गरेका थिए।
आचार्य बालकृष्णले विहीबार महाकाली नदीमा हवन कार्यक्रम गर्नेछन। हवन पश्चात महाराज आचार्यलाई रथयात्रा सहित वजार परिक्रममा गराउने र त्यसपछि यात्राको शुभारम्भ हुने कार्यक्रम तय भएको पंतजली योग समितिका केन्द्रीय सदस्य लवराज भट्टले जानकारी दिए।

अन्न्पूर्णपोष्टबाट


  •  
  •  
  •