स्वाइन फ्लुका कारण रोजगार व्यवसायी बटाजुको मृत्यु

187
  •  
  •  
  •  

Som-Lal-Batajooकाठमाडौं ७ वैशाख (ओएनएस) : वैदेशिक रोजगार व्यासायी संघका पूर्वअध्यक्ष सोमलाल बटाजुको स्वाइन फ्लुका कारण मृत्यु भएको छ । उपचारका क्रममा गएराती उनको ग्राण्डी अस्पतालमा मृत्यु भएको हो ।

लामो उपचार भएपनि बचाउन सम्भव नभएको ग्राण्डी अस्पतालले जनाएको छ । स्वाइनफ्लुको संक्रमण भएपछि बटाजुलाई दुईसाता अघि ग्राण्डी अस्पतालमा भर्ना गरिएको थियो। निमोनियाले ग्रस्त भएर बटाजुलाई अस्पतालमा भर्ना गरिएको थियो ।

एसओएस म्यानपावरका सञ्चालक समेत रहेका बटाजुको राति करिव दुईबजे उपचारका क्रममा मृत्यु भएको वैदेशीक रोजगार व्यवसायी संघका अध्यक्ष हंशराज वाग्लेले जानकारी दिए । ग्राण्डी अस्पतालमै गत चैत २२ गते एमाले नेता रामनाथ ढकालको पनि स्वाइफ्लुका कारण निधन भएको थियो ।


  •  
  •  
  •