स्वाइनफ्लुबाट ६ जनाको मृत्यु, झण्डै साढे ५ सय संक्रमित

237
  •  
  •  
  •  

काठमाडौं २३ चैत ।  स्वाइनफ्लुको जोखिम समुहमा रहेका एमाले नेता रामनाथ ढकाल निधनसंगै यो संक्रमणले मृत्यु हुनेको संख्या आइतवार ६ पुगेको छ । राजधानी लगायत मुलुकको केहि भागमा न्युनतम तापक्रम करिव १० डिग्रीसम्म पुग्ने गरेकाले स्वाइनको संक्रमण अझै केहि दिनसम्म देखिन सक्ने विज्ञहरु बताउछन् ।

मुलुकभर स्वाइन प्रभावित बिरामीको संख्या ५ सय २९ पुगेको छ । मुलुकभर २ हजार पाच सय ५४ जनाको थुकको नमुना परिक्षण गर्दा ५ सय २९ जनामा प्रयोगशाला प्रमाणित स्वाइन देखिइसकेको छ । नमुना परिक्षण नगराएका अरू थुप्रै व्यक्तिसमेत स्वाइन प्रभावित हुन सक्ने चिकित्सकहरूले बताए ।

‘क्षयरोग, लिम्फोप्रोरिफेरिभ रोगले ग्रस्त ढकालको शरिरमा रोग प्रतिरोधक क्षमता कम भएकोले उनी स्वाइन कडा रुपमा देखिन सक्ने जोखिम समुहमा पर्थे’, ग्रान्डी इन्टरनेशनल हस्पिटलका निर्देशक डा.चक्रराज पाण्डेले भने-‘विभिन्न संक्रमणलाई नियन्त्रण गर्ने प्रयास सफल हुन सकेन ।’

स्वाइन संक्रमणपछि रुघा खोकी संगै घाटीमा खसखस लगायतका समस्या कडा रुपमा देखिए पछि ढकाल १० दिनअघि ग्रान्डी अस्पतालमा जचाउन गए पनि पुनः फर्किएनन ।

‘स्वाइनको जोखिम समुहमा भए पनि उहाले अलि ढिलो गरेर चिकित्सकिय सहयोग लिन आउँदा स्थिति नियन्त्रण गर्न सकिएन’, उनको उपचार प्रकृया नजिकवाट हेरिरहेका एक चिकित्सकले कान्तिपुर संग भने-‘ढकालले आफूलाई देखिएको समस्या वारे चैत १३ गते भनेपछि तुरन्त चिकित्सकिय उपचार प्रकृयामा जान भनिएको थियो ।’

बुढापाका, दम/फोक्सोको रोगी, क्यान्सरका उपचार गराइरहेकाहरु, अंग प्रत्यारोपण गराएकाहरु, मधुमेही, मुटूरोग, मोटापनाको समस्या भएकाहरु, मृगौला रोग, दिर्घ रोगी, क्षयरोगी, वालवालिका, गर्भवती, एचआएभी संक्रमित, वा अन्य कुनै कारणले रोग प्रतिरोधक क्षमता कम भएकालाइ स्वाइन संक्रमण भएमा बढी जटिलता आउने गरेको चिकित्सकहरू बताउँछन् ।

यस्ता समस्या भएकाहरु स्वाइनलगायतका इन्फुएन्जाको जोखिम समुहमा पर्ने भएकाले उनिहरुलाई रुघा खोकी देखिए तुरन्त चिकित्सकिय परामर्श लिनु आवश्यक रहेको इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.बाबुराम मरासिनि बताउछन । ‘स्वाइनको जोखिम समुहमा पर्नेहरुलाई संक्रमण देखिएको २४ घन्टा भित्रै एन्टिभाइरल औषधि उपयोग गर्दा यसले भविष्यमा देखिन सक्ने स्वास्थ्य सम्वन्धि जटिलता कम गर्छ’, डा.मरासिनिले भने-मुख्य रुपमा राजधानी, पोखरा र चितवनमा अझै यो संक्रमण देखि राखिएको छ ।’

उनको अनुसार राजधानी लगायत केहि ठाउको न्युनतम तापक्रम अझै करिव १० डिग्री सम्म पुग्ने गरेकोले यो भाइरस वातावरणमा जिवित नै छ ।

जोखिम समुहलाई स्वाइन संक्रमणको लक्षण देखिएको ४८ घन्टा भित्र एन्टि भाइरल औषधि शुरु गरिदा जटिलता कम देखिने सम्भावना हुन्छ ।

शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पताल, टेकुका डा.शेर बहादर पुनले जोखिम समुहलाई लक्षणको आधारमा स्वाइन किटान गर्दा प्रयोगशाला परिक्षणको प्रतिवेदन कुर्नु भन्दा पनि एन्टि भाइरल औषधि शुरु गर्नु नै बुद्घमिानी हुने बताउछन ।

‘राजधानी लगायत मुलुकको अन्य ठाउको तापक्रम घटने बढने क्रम जारी रहेको स्वाइनको संक्रमण नरोकिएको हो’, डा.पुनले भने-‘तापक्रम बढोत्तरी संगै स्वाइन घटनु पर्ने भए पनि यो त्यति कम भएको देखिदैन, यसैले भाइरसको प्रकृतिको समेत अध्ययन आवश्यक छ ।’

मुख्यतया स्वास प्रस्वास र मुखवाट निस्किने पानीका थोपाहरुको माध्यमले रुघा खोकी जस्तै सर्ने स्वाइन फ्लुको भाइरस शरिरमा प्रवेस गरेको एक देखी सात दिन सम्ममा लक्षण देखिन सक्छ । यो संक्रमणको लक्षण देखिनु भन्दा २४ घन्टा पहिले देखी आठ दिन पछि सम्म अन्य व्यक्तिलाइ संक्रमण सार्ने खतरा हुन्छ ।

कान्तिपुरबाट


  •  
  •  
  •