लगनको अघिल्लो दिन भावुक बनिन् श्वेता

225
  •  
  •  
  •  

सम्झना गैरे 
काठमाडौं, २२ असार (ओएनएस): सात जना दिदिबहिनी र दाजुभाइका विचमा अभिनेत्री स्वेता मौन छिन् । संयुक्त परिवारमा जन्मिएकी उनलाई आज आफ्नै परिवार प्यारो लाग्दैछ । भोलीको दिन (बिहे हुने दिन सोमबार) को कल्पनासम्मले पनि उनको मुटुमा गाठो पर्न थालेको छ ।

sweta 2दिन घर्कदै छ, श्वेताको धड्कन बढ्दो छ । बिवाहको पुर्ण तयारी गरेर उनको परिवार आज एकैठाँउमा जम्मा भएको छ । सबैका विचमा फिल्मकी ‘अभिनेत्री’ हुदा झै आर्कषणको केन्द्र बनेकी छन्, आज स्वेता । बिवाहको पूर्व सन्ध्यामा ओएनएसले उनलाई सोध्यो, ‘भोली विवाह छ, आज तपाई कस्तो अनुभव गर्दै हुनुहुन्छ त ?’ उनले लजालु पाराले भनिन्, ‘खै किन—किन लाज लागिरहेको छ । सायद सबै महिलालाई यस्तै हुन्छ की !’

खड्का परिवारकी छोरीलाई नेवारी परम्परमा भिज्नु छ, उनका लागि यो गम्भिर चुनौती बनेको छ । दुबै सस्कृतीलाई सम्मान गर्दै भोली सामान्य तर परम्परागत शैलीमा सजिने तयारीमा छन् श्वेता । भोलीको तयारीको चटारो त्यसमा पनि विदाइको छड सम्झिदै बेला—बेला भक्कानीने गरेको सुनाउँदै उनले भनिन्, ‘अन्तरजातीय विवाह भएकाले अलिकति डर छ मनमा । साथ दिने साथीसँग राम्रो सम्बन्ध भएकाले सबैको मन जित्न सक्छु भन्ने आश पनि छ ।’

उनको जिवनशैली भोलीबाट बदलिने भएको छ । आजै (आइतबार) बिवाहको निम्तो दिन श्रीकृष्णका दिदिबहिनी सगुन लिएर स्वेताको घर जाने कार्यक्रम रहेको छ । तर, उनको मुटुको धड्कन भने बढ्दो छ । ‘बिवाह एक पटक गरिने भएकाले पनि होला, मनपराएको मान्छेसँग घरजम गर्दा पनि कता—कता भविश्यलाई लिएर डर पैदा हुदो रहेछ,’ भन्दै उनी भावुक बनिन् ।


  •  
  •  
  •