जन्मदिन सम्झँदै स्वेताले दिवंगत पति श्रीकृष्णसँग मागिन् यस्तो उपहार

262
  •  
  •  
  •  

आज दिवंगत नायक श्रीकृष्णको जन्मदिन, आजको दिनलाई सम्झदै नायीका तथा श्रीकृष्णकी पत्नी स्वेता खड्काले श्रीकृष्ण र आफूबीचको प्रेमलाई उजागर गरेकी छिन् । उनले सामाजिक सञ्जाल फेसवुकमार्फत श्रीकृष्णको जन्मदिनलाई सम्झँदै श्रीकृष्णसँगका पलहरू र उनलाई श्रीकृष्णले भनेका केही भनाईहरू सम्झदै फेसबुकमा स्टाटस लेखेकी छिन् ।

उनको स्टाटस यस्तो छ…

यो जीवनमा हजुर र म शारिरिक रुपमा यति छोटो समयमा अलग हुन पर्छ भनेर मैले कहिल्यै सोचेको पनि थिईन । हजुरले बारम्बार भनेको कुरा – जीवनमा लेखेको कुरा जसरी पनि भएरै छाड्छ , अनेकौं कोशिज गरेपनि जन्मिदा लेखेर आएको कुरा कसैले मेट्न सक्दैन – हजुरले बोलेको कुरा प्रामाणित त गर्नु भयो तर मैले अझैपनि वास्तविक स्विकार्न सकेको छैन । बिहान उठ्दा सबै कुराहरु ठिकै भएपनि दिनभरीको यात्रामा के के घटना घट्छ कसैलाई केहि थाहा नहुँदो रहेछ ,त्यो त मात्र रातपरेपछि थाहा हुने रहेछ अर्थात राती सुत्ने बेलामा सबै कुराहरु ठिकै भएर सुत्न गएपनि अचानक बिहान उठ्दा के हुन्छ , यो जीवनमा कसैले कहिल्यै ठोकुवा गरेर भन्न नसकिने रहेछ । लामो समयको मेहेनत , मायाँ नै मायाँले भरिएको बिस्वास , हिमाल भन्दा स्वच्छ र सफा हाम्रो मन , आकाश भन्दा फराकिलो र समुन्द्र भन्दा गहिरो हामी दुई बीचको मायाँ प्रेमलाई जुनिभरि संगै हाँश्ने खेल्ने बाचा कसमका साथ बैबाहिक जीवनमा गाँस्न पुगियो ।

हजुरले म प्रति गरेको मायाँ , बिस्वास , साथ र त्याग म मेरो मन मस्तिक्क्षमा जीवनभरि बोकेर हिंड्नेछु र त्यहि मायालाई एउटा मेरो जिउने आधार बनाउने छु । मलाई पुरा बिस्वास छ आज मेरा हरेक दिनहरुमा हजुरले मलाई नजर लगाईरहनु भएको छ र हजुरले मलाई सधैभरि माया र आशिर्बाद दिईरहनुहुनेछ । मेरो मायाँ सधैभरि केवल हजुरलाई नै थियो र अबको बाँकि जीवनमा पनि हजुरकै नाममा रहिरहनेछ किनकि मेरो मन, मुटु र शरीरलाई हजुरको आत्माले दौडाउनु भएको छ । आजको यो महत्वपूर्ण दिन , हजुरको जन्मदिनको दिनमा म बिस्तारामा लडेर मेरो भगवान , मेरो जिन्दगी , मेरो ढुकढुकी हजुरलाई सम्झेर – केवल हामीले संगै बिताएका रमाईला क्षणहरु कल्पना गरिरहेको छु  । एकै छिनमा हाँश्न थाल्छु , छिनमै रुन अनि आत्तिन पुग्छु तर फेरि हिम्मत गरेर अघि बढ्ने अनेक कोशिज गरेको छु किनकि मलाई पुरा बिस्वास छ हाम्रो मायाँ सधै अमर रहिरहने छ र यो मायाँ कहिल्यै घट्ने छैन केवल बढिरहने छ ।

आज भन्दा पहिलाको जन्मदिनहरुमा म हजुर सामु उपहारहरु लिएर उपस्थित हुन्थे तर माफ गरिदिनु होला यो पटक मैले हजुरलाई उपहार दिनुको सट्टा उल्टै हजुरसंग मैले उपहार स्वरुप आफ्नो असल स्वास्थ्यको भिक माग्ने आँट गरेको छु । हेर्नुस न मेरो स्वास्थ्यमा कत्ति सुधार आएको छैन, म रातदिन सुत्न परेको छ , मलाई सन्चो भएको छैन , मैले जति कोशिस गरेपनि म उठ्न सकेको छैन , प्लिज मलाई हजुरले शक्ति दिनुहोला , छिटो भन्दा छिटो मलाई उठाई दिनुहोला , हजुरले मलाई सुम्पिएर गएका कामहरु अलपत्र परेका छन , मलाई छिटो निको भएर हजुरको सारा योजना र सपना सफल बनाउने ठूलो इच्छा जागेको छ तर राम्रो संग आफ्नै शरीर सम्हाल्न सकेको छैन ।

प्लिज मलाई साथ दिनुहोस र छिटै निको बनाएर अघि बढाईदिनुहोस यहि उपहार मागे मैले हजुरको यो जन्मदिनमा । हजुर जहाँ हुनुहुन्छ म सधैं हजुरको साथमा रहिरहने छु र केवल हजुरको नाममै बाँचि रहनेछु यहि छ हजुरलाई मेरो तर्फबाट यो जन्मदिनको शुभकामना । हामी दुवैले नचाहँदा नचाहँदै पनि आज भौगोलिक दृस्टीकोणले हामी टाढा हुन बाध्य भएपनि आत्मिय रुपमा हामी सधैंभरि नजिकै रहिरहने छौँ र म जीवनभरि हजुरको यादै यादमा बाँचि रहने छु .. यहि बचन छ हजुरलाई मेरो तर्फबाट यो जन्मदिनको बचन कामना ।


  •  
  •  
  •