श्रीकृष्णका नाममा श्वेताका दुई शब्द

237
  •  
  •  
  •  

निकै खुसी भएर केहि महिना पहिले मात्र मैले आफ्नो जीवनको नयाँ अध्याय सुरु गर्ने सोच गरेको थिए । तर अहिले मैले जति प्रयास गर्दा पनि म आफ्नै खुट्टामा उभिन सकेकी छैन । वास्तवमा भन्नु पर्दा, मेरो केहि गर्ने जाँगर मरिसकेको छ, मलाई अहिलेसम्म पनि मेरो बिस्ताराबाट उठेर हिँड्ने आँट आएको छैन ।

आफैँलाई हेर्दा प्रश्न गर्ने गर्दछु– के म त्यहि श्वेता हो र ?   यो सँचो हो, यदि तपाईंलेपहिलोपटक कसैलाई मन, मष्तिस्क र मुटुले माया गर्नुहुन्छ भनेयसले तपाईंलाई परिवर्तन गरिदिनेछ र उनको याद इतिहास सरि मानस्पटलमा ताजा भइरहन्छ जसलाई कहिले पनि मेट्न सकिन्न ।

मेरो प्यारोश्रीमान्, तपाईं मेरो जीवनको वास्तविक हिरो हुनुहुन्छ र म तापईंलाई मेरो मुटुमा सधैँ मायाले जतन गरेर राख्नेछु । तपाईंअहिले जहाँ भएपनि म तपाईंलाई मेरो जिवन रहुञ्जेल आफूसँगै लिएर अगाडि बढ्नेछु । म सधैँ तपाईंको नै हुनेछु । म सधैँ तपाईंसँगै हुनेछु । तपाईंको याद निकै धेरै आइरहेको छ ।   – तपाईं अनि मात्र तपाईंकी श्वेता  

श्वेता खड्काको आधिकारीक फेसबुक पेजबाट 


  •  
  •  
  •