श्वेता खड्कालाई निमोनिया

44
  •  
  •  
  •  

 काठमाडौं, १२ असोज : नायिका स्वेता खडेका तथा कोहिनुरकी निर्मात्रीसमेत रहेकी श्वेता खड्का विरामी भएकीले ५१ औं दिने कार्यक्रममा उपस्थित हुन सकिनन् । पतिको निधनपछि असैह्य पीडामा रहेकी श्वेता केही दिनअघि कोहिनुरको विशेष शोमा कुमारी हलमा भने उपस्थित भएकी थिइन् ।
कोहिनुरका सञ्चार सल्लाहकार प्रकाश सुवेदीले श्वेतालाई निमोनिया भएकाले जँचाउनका लागि नर्भिक अस्पताल लगिएको जानकारी दिए । उनले निमोनिया भएपछि स्वेता कार्यक्रममा उपस्थित हुन नसकेको जानकारी दिए ।
यसैबीच,कोहिनुरले धेरै वर्षको अन्तरालपछि ५१ औं दिन मनाउने फिल्मको रुपमा नाम दर्ता गराउन सफल भएको छ ।त्यो पनि एक होइन,दुई होइन,१२ हलमा । २३ साउनमा राजधानी र मोफसलका करिव पाँच दर्जन हलमा प्रदर्शन भएको कोहिनुरले नेपाली चलचित्र इतिहासमै अहिलेसम्मको व्यावसायिक रेकर्ड तोडेको छ । अहिलेसम्म करिब १२ करोडको व्यापार गरिसकेको फिल्मले राजधानीका ४ र मोफसलका ८ हलमा ५१ औं दिन मनाएको हो । ती हलमा अहिले पनि फिल्म भिडघाडका साथ प्रदर्शन भइरहेको आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

नयाँ पत्रिकाबाट 


  •  
  •  
  •