श्वेताले बनाइन भावुक

459
  •  
  •  
  •  

काठमाडौं, ६ असोज (ओएनएस) विवाह गरेको एक महिनामा नै आफ्ना पती गुमाएकी अभिनेत्री श्वेता खड्का आफ्ना मनका बेदना फेसबुकमार्फत व्यक्त गर्ने गरेकी छन् । फेसबुकमा कवितामा माध्यमबाट सोमवार श्वेताले यसरी आफ्ना भावना व्यक्त गरेकी छन् ।
aaaaaमुटुभरि पिडा बोकि हिड्नु पर्दो रहेछ ,
कसैको यादमा रोईरोई बाँच्नु पर्दो रहेछ ,
उनैलाई सम्झेर आँशु पिउनु पर्दो रहेछ ,
चिन्तै चिन्तामा स्वाश फेर्नु पर्दो रहेछ ,
जिउँदो शरीरलाई यादैयादमा मार्नु पर्दो रहेछ ,
मन मुटु थामेर ४५ दिने तिथि गर्नु पर्दो रहेछ ,
हिजो जितेको मायाँ पनि आज हार्नु पर्दो रहेछ ,
मनले नमान्दा नमान्दै आफ्नो मुटु छोड्नु पर्दो रहेछ ,
दुई मुटु टुक्रिएर छियाछिया भई दिन काट्नु पर्दो रहेछ ,
सकि नसकि यो बिडम्बना सहेर हिड्नु पर्दो रहेछ ,
कसैको यादमा रोईरोई बाँच्नु पर्दो रहेछ ,
जिउँदो शरीर पनि यादैयादमा मर्नु पर्दो रहेछ ,
मन मुटु थामेर ४५ दिने तिथि गर्नु पर्दो रहेछ ,
हिजो जितेको दिन पनि आज हार्नु पर्दो रहेछ ररर
( मेरो भगवान , मेरो मुटु आज हजुर जहाँ भएपनि हजुरको आत्माको चिरशान्तिको कामना गर्दै हार्दिक श्रद्धानजलि अर्पण गर्दछु’’


  •  
  •  
  •