आफ्नै फिल्म हेर्दा हेर्द मुर्छा परिन स्वेता

142
  •  
  •  
  •  

फिल्म हर्ने वा नहेर्ने भन्ने लामो अन्यौलतापछि स्वेताखड्का फिल्म हल पुगिन । श्रीमान श्रीकृष्ण श्रेष्ठको अन्तिम चलचित्र कोहिनुर हेरेर उनी आफु मुर्छा मात्र परीनन हलका सबैलाई भावुक बनाइन । पहिलो पटक फिल्म हेर्न कुमारी हलमा पुगेकी थिईन ।फिल्म हेर्दाहेर्दे उनी भावुक बनेर रोएकी थिईन । उनीसँगै फिल्म हेर्ने अन्यको आखाँ पनि रसाएका थिए । नायिका तथा श्रीकृष्ण श्रेष्ठकी पत्नि श्वेता खड्काले सोमबार फिल्म ‘कोहिनुर’ हेरेकी छन् ।

परिवारसहित फिल्म हेर्न राजधानीको कुमारी हलमा उपस्थित भएकी उनका शुरुदेखि अन्त्यसम्म आँशु बहिरह्यो । असार २३ मा नायक श्रीकृष्णसँग बिहे गरेकी श्वेताले एक महिनापछि उनको साथ गुमाएकी थिईन् । पति वियोगको वेदनामा रहेकी श्वेताले दुवैले अभिनय गरेको अन्तिम फिल्म ‘कोहिनुर’ हेर्न इच्छा गरेपछि सोमबार विशेष शोमार्फत् देखाईएको थियो । फिल्म रिलिजको दोस्रो दिनमै भारतको नयाँ दिल्ली स्थित सर गंगाराम अस्पतालमा बोन क्यान्सरका कारण निधन भएको थियो ।

विशेष शोमा श्वेतासँगै परिवार सदस्य, कलाकार र राजनैतिक नेताहरुको पनि उपस्थिती रहेको थियो । फिल्म हेरेपछि पूर्वप्रधानमन्त्री तथा एमाओवादी नेता डा. बाबुराम भट्टराईले आफुले श्रीकृष्णको श्रद्धान्जलीका लागि फिल्म हेर्न आएको बताए  । फिल्म मन पर्‍यो ।’ डा. भट्टराईले श्वेतालाई निराश नहुन भन्दै ढाडस दिएका थिए ।


  •  
  •  
  •