आइतबारबाट स्वस्थानी ब्रत सुरु

1125
  •  
  •  
  •  

Swasthaniकाठमाडौ, २० पुस(ओएनएस) : हरेक वर्षको पुस शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म चल्ने एकमहिने श्री स्वस्थानी ब्रत आज आइतबारबाट आरम्भ भएको छ । यो ब्रत बस्नाले मनोकांक्षा पूरा हुने विश्वास रहिआएको छ ।

आजदेखि माघ स्नान गरेर अधिकांश हिन्दू नेपालीका घरमा स्वस्थानी परमेश्वरीको पूजा आरधना गरी स्वस्थानी कथा सुन्ने र सुनाउने गरिन्छ ।

स्वस्थानी कथामा सत्ययुगमा हिमालयकी पुत्री पार्वतीले महादेव स्वामी पाऊँ भनी बालुवाको शिवलिङग बनाई निराहार रहेर तपस्या गरी मनोकांक्षा पूरा भएको कथा छ । सुख, सन्तोष उन्नतिको कामना साथ जगदीश्वर महादेवको स्तुति गर्ने गरिन्छ ।

माघ शुक्ल पूर्णिमाको दिन समापन गरिने यो ब्रतमा बेलीपुष्प, सुपारी, जनै, पान, बत्ती, रोटी एवम् मौसम अनुसारका फलफूल सबै १०८ का दरले चढाई शिवलिङगसहित ॐकारयुक्त अष्टदलमा स्वस्थानीको विशेष पूजा गरिने प्रचलन छ ।

कथामा उल्लेख भए अनुसार गुहृयेश्वरी, गोकर्ण, श्लेष्मान्तक वन, किराँतेश्वर, गौरीघाट, बागमती नदी, शाली नदीमा आजबाट एक महिनासम्म विशेष पूजा गरिन्छ ।


  •  
  •  
  •