झापामा स्वाइनफ्लुबाट दुई जनाको मृत्यु

727
  •  
  •  
  •  

jhapa
झापा, १८ साउन (ओएनएस) : झापामा स्वाइनफ्लू रोगबाट दुई जनाको मृत्यु भएको छ ।

बिर्तामोड वडा नम्बर–४ बस्ने ४७ वर्षीया अनितादेवी मित्तल र बिर्तामोड वडा नम्बर–१ बस्ने ३७ वर्षीया मनिषा अग्रवालको मृत्यु भएको हो ।

रोगबाट संक्रमण भएकी अनिताको भारतको नयाँ दिल्लीस्थित एपोलो हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । उनीहरुमा स्वाइन फ्लू रोगको सङ्क्रमण भेटिएको अस्पतालले पुष्टि गरेको छ ।

श्वासप्रश्वासमा समस्या र खोकी लागेपछि अनितालाई उपचारका दिल्ली लगिएको थियो ।

त्यस्तै, अनिताको जस्तै स्वास्थ्यमा समस्या देखिएर अस्पताल पुर्याइएकी मनिषाको पनि उपचारकै क्रममा मृत्यु भएको छ । उनको पनि स्वाइनफ्लूका कारण नै मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ ।


  •  
  •  
  •