काठमाडौं । संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङका जेठा छोरा मिङ्सो नेम्वाङ र कान्छा छोरा सुहाङ काठमाडौं आइ पुगेका छन् ।
युकेमा रहेका मिङ्सो बुबाको निधनपछि काठमाडौं आएका हुन् । अष्ट्रेलियामा रहेका कान्छा छोरा सुहाङ पनि काठमाडौं पुगिसकेका छन् ।
दुवै छोराहरूले च्यासस्थित एमाले पार्टी कार्यालय पुगेर बुबालाई श्रद्धाञ्जली दिएका छन् ।
बिहीबार नेम्वाङको अन्त्येष्टि गरिने छ ।
सरकारले राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने र सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।नेम्वाङको मंगलबार बिहान हृदयाघातका कारण निधन भएको थियो ।