भारतीय गाडीको ठक्करबाट बालकको मृत्यु

330
  •  
  •  
  •  

suwas bhattaकञ्चनपुर, ९ चैत(ओएनएस) : कञ्चनपुरका बेलौरी नगरपालिका– ८ खैरानामा भारतीय गाडीको ठक्करबाट आज दिउँसो २ बजेतिर एक बालकको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने ८ वर्षिय बालक सुवास भट्ट रहेको प्रहरीले जनाएको छ ।

कलकत्ताबाट बेलौरीतर्फ आउँदै गरेको युएनको ६६–१–१३–१५ नम्बरको जीपले बालकलाई ठक्कर दिएको हो । ठक्कर दिने बित्तिकै चालकले उपचारका लागि बालकलाई गाडीमा राखेर प्राथमिक स्वास्थ्य केन्द्र बेलौरीमा ल्याइएको थियो ।

चालक ललितपुर नगरपालिका १३ बस्ने ३८ बर्षिया किरन खड्का रहेका जनाएको छ । आक्रोशित भएका मृतकका आफन्त घटनास्थल खैरानामा चक्काजाम गर्दै आन्दोलनमा उत्रिएका छन् । अहिले गाडि र चालकलाई ईलाका प्रहरी कार्यालय बेलौरीको नियन्त्रणमा राखिएको ईलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक युवराज भण्डारीले बताएका छन् । बालकको शव प्राथमिक स्वास्थ्य केन्द्र बेलौरी राखिएको छ ।


  •  
  •  
  •