सुत्केरी महिला स्टेचरमै पुगिन् परीक्षा केन्द्र

1320
  •  
  •  
  •  

काठमाडौं, १३ चैत (अाेएनएस): म्याग्दीमा एक २१ वर्पीय सुत्केरी महिला स्टेचरमै परीक्षा केन्द्र पुगेकी छिन्। धौलागिरी गाउँपालिका–६ ताकमकी ती महिला बच्चा जन्माएको एकघण्टामै माध्यमिक शिक्षा परीक्षा (एसइई)को परीक्षा दिन केन्द्रमा पुगेकी हुन्।

मंगलबार विहान अचानक सुत्केरी व्यथाले च्यापेपछि ताकम स्वास्थ्य चौकीमा पुगेकी २१ वर्षीय फुलमायाँ केसीले छोरी जन्माए लगत्तै परिवारको सहयोगमा स्ट्रेचरको प्रयोग गरी हेम मावि सिवाङ केन्द्रमा पुगेको श्रोत व्यक्ति गिरीप्रसाद छन्त्यालले बताए ।

परीक्षा सुरू हुन लागेको अवस्थामा बच्चा जन्मिएको खवर आयो, परीक्षार्थीलाई छुट्टै कोठामा राखेर परीक्षा दिने व्यवस्था मिलाएका छौँ’ छन्त्यालले भने । सुत्केरी भएलगत्तै फुलमायाँले विज्ञान विषयको परीक्षा दिने बताएपछि स्वास्थ्यकर्मीलेसमेत उनलाई स्ट्रेचरमा लैजान सुझाव दिएका थिए ।


  •  
  •  
  •