जहाँ कार्यालय सहयोगीले गराउँछिन् सुत्केरी

141
  •  
  •  
  •  

मुगु । बर्थिङ सेन्टर (प्रसूति केन्द्र) सञ्चालनका लागि नेपाल सरकारले तोकेको मापदण्ड पूरा गरेको स्वास्थ्य संस्था हुनुपर्छ ।

जहाँ एसवीए तालिम प्राप्त नर्सिङ कर्मचारीसहित फर्निचर र उपकरण । त्यस्तै बिरामीका लागि बेड, डेलिभरी वेड, डेलिभरी सेट, अटो क्लेभ (औजार निर्मलीकरणका लागि चाहिने मेसिन) आवश्यक पर्छ ।

तर मुगुको एउटा यस्तो स्वास्थ्य चौकी छ जहाँ विगत लामो समयदेखि कार्यालय सहयोगीले सुत्केरी गराउँदै आएकी छन् ।

जिल्लाको छायाँनाथ रारा नगरपालिका वडा नं ७ मा रहेको पिना स्वास्थ्य चौकीमा कार्यरत कार्यालय सहयोगी पदमकला नेपालीले लामो समयदेखि गर्भवती सेवा दिँदै आएकी छन् ।

२०६९ सालदेखि वर्थिङ सेन्टर स्थापनासँगै कार्यालय सहयोगीमा भर्ना भएकी नेपालीले बिना तालिम सुत्केरी गराउँछिन् ।

‘गर्भवती महिलालाई सुत्केरी गराउन स्वास्थ्य चौकि ल्याउँछन्, त्यो बेला स्वास्थ्यकर्मी हुँदैनन् । बाध्य भएर अनुभवको आधारमा सुत्केरी गराउँदै आएको छु’ नेपालीले भनिन् ।’

अहिलेसम्म तालिम प्राप्त, पढाईलेखाई नभएपनि सुत्केरी हुन आएकी गर्भवती महिलालाई सहज रुपमा सुत्केरी गराएको र आजसम्म सफल पनि भएको उनले बताइन् ।

मेरो काम सरसफाई गर्ने हो सुत्केरी गराउने होइन भन्ने गरेको भएपनि स्थानीयले सुत्केरी गराउन दवाब दिने गरेको उनले बताइन ।

यो आर्थिक वर्ष २०७५/६७ मा पिना स्वास्थ्य चौकीमा ७१ जना जना गर्भवती महिला स्वास्थ्य चौकिमा आई सुत्केरी गराएका पिना स्वास्थ्य चौकिले जनाएको छ ।

त्यसमध्ये एक दर्जनभन्दा बढी गर्भवती महिलालाई एक्लै सुत्केरी गराएको र बाँकी गर्भवतीलाई स्वास्थ्यर्मीलाई खबर गरी सुत्केरी गराएको उनले बताइन् ।

नेपालीले सुत्केरी मात्र गराउँदिनन् सुई लगाउने काम पनि गर्छिन् । यदि बिरामी छट्पटाएमा र साल ढिला आएमा गर्भवती महिलालाई कठिन भए अनुभवका आधारमा सिन्डो भन्ने सुई लगाउने गरेको उनी बताउँछिन ।

‘सुत्केरी महिलालाई व्यथाले च्यापेपछि राति ल्याउँछन् स्वास्थ्यकर्मी हुँदैनन् बाध्य भएर सुत्केरी गराउँदै आएको छु’ उनी भन्छिन् ।

‘सुत्केरी गराउन स्वास्थ्य चौकीमा ल्याइ पु¥याउँदा स्वास्थ्यकर्मी हुँदैनन्, गर्भवती महिला छट्पटाउँछन्’ वडा नं ७ की स्थानीय माया नेपाली भन्छिन्, ‘त्यो बेला कार्यालय सहयोगी भएपनि अनुभवको आधारमा पदम नेपालीलाई सुत्केरी गराउन आग्रह गर्ने गरेका र आज सम्म सुत्केरी गराएका महिलामा अप्रिय घटना घटेको छैन् ।’

कार्यालय सहयोगीले सुत्केरी गराउँर्दै आएको तथ्य सत्य भएको स्वीकार गदै स्वास्थ्य चौकी पिनाका इन्चार्ज पदम बहादुर सजेवालले अनमी अभावले यस्तो भएको बताए ।

स्वास्थ्य चौकीसँगै २०६९ साल देखि बर्थिङ सेन्टर स्थापना भए यता पदम नेपालीलार्ई कार्यलय सहयोगीका रुपमा भर्ना गरेका हाै‌ ।
‘उनको काम सुत्केरी महिलाको सरसफाई गर्ने नै हो तर दरबन्दी अनुसारका अनमी छैनन् । भएका पनि काजमा जान्छन्’ उनले भने, के गरौं बिरामी स्वास्थ्य चौकिमा आउँछन्, छटपटिन्छन् । बाध्य भएर अनुभवको आधारमा कार्यालय सहयोगीले सुत्केरी गराउँदै आएकी छन् ।’

एस पि ए तालिम प्राप्त स्थास्थ्यकर्मिले सुत्केरी गराउनुपर्ने नेपाल सरकारको नीति भएपनि त्यस्ता दक्ष अनमी नहुँदा बाध्यताले यस्तो हुन पुगेको हो ।

पिना स्वास्थ्यचौकिमा दुई जना स्थायी र एक जना अस्थायी अनमीको दरबन्दी भएपनि अहिले खाली छ ।

एक जना भर्खरै कागजमा ल्याइएकी अनमी छन् । उनको घर टाढा भएर पनि रात्ति आउन नसक्ने उनले बताए ।

जटिल बिरामी आएमा मलाई फोन गररे बोलाउनुहुन्छ, उनले भने, ‘केहिले काही फोन नलागेमा र नर्मल केश आएमा एक्लै भएपनि कार्यालय सहयोगिले सुत्केरी गराउँदै आएकी छन् ।’

अनमी व्यवस्थापन लगायत कार्यालय सहयोगीले सुत्केरी गराउनुपर्ने अवस्था आएको सम्बन्धित निकायमा जानकारी गराएपनि सम्बन्धित निकाय मौन रहेको उनले गुनासो गरे ।

पिना वर्थिङ सेन्टमा कर्मचारी छैनन् भन्ने कुरा छायाँनाथ रारा नगरपालिको स्वास्थ्य फाँटमा जानकारी गराएको भएपनि सुनुवाई नभएको छायाँनाथ रारा नगरपालिका वडा नं ७ का वडा अध्यक्ष हरि चन्द्र शाहीले बताए ।

उनका अनुसार कार्यालय सहयोगीले सरसफाई गर्ने हो । सुत्केरी गराउने हैन भोली कुनै घटना घटेमा सम्बन्धित स्वास्थ्य इन्चार्ज र स्वास्थ्य व्यवस्थापन समितिले जिम्मा लिनुपर्ने अध्यक्ष शाहीले बताए ।

नियमले तालिम प्राप्त स्वास्थ्य कर्मिले सुत्केरी गराउने पर्ने हुन्छ , जो पाए त्यहिले गर्न नहुने प्रावधान छ । तर कर्मचारी समायोजन ंसंगै बर्थिङ्ग सेन्टरमा जन शत्ति अभाव भएको स्वीकार गदै छायाँनाथ रारा नगरपालीकाका स्वास्थ्य फाँटका प्रमख पशुपती शाहीका अनुसार जनशत्ति अभाव छ भन्दैमा कार्यलय सहयोगी बाट सुत्केरी गराउन नमिल्ने बताए ।

उनका अनुसार त्यो कसरी भयो महिनाको अन्तिम दिन बर्थिङ्ग सेन्टर बाट सुत्केरी महिलाको तथ्याङ्ग आउने गरेका भएपनी पिना स्वास्थ्य चौकि बाट त्यस्तो भएको पृष्टि आएको छैन । रिर्पोट आधारमा बोल्ने हो त्यस्का बारेमा आफुलाई थाहा नभएको स्वास्थ्य प्रमुख शाहीको भनाई ।

यता स्वास्थ्य कार्यलय मुगुका डा सुरज गरौंका अनुसार यस्का बारेमा आफु लाई जानकारी नभएको बताए । यस्का बिषयमा सम्बिन्ध स्थानीय सरकारले निगरानी राख्नु पर्ने बताए । कार्यलय सहयोगीले सरसफाई गर्ने हो जोखिमा केशमा कामगर्न मिल्दैन यस्का बिषयमा के हो सम्बिन्ध स्वास्थ्य चौकीका ईन्चार्ज सं बुझन्ने डा गरौले बताए ।


  •  
  •  
  •