सुस्तामा झोलुङ्गे पुल निर्माणमा भारतीय अवरोध

328
  •  
  •  
  •  

susta bridgeपरासी, ९ माघ (अाेएनएस) : सुस्तामा भौतिक निर्माण कार्यमा भारतिय पक्षद्वारा अवरोध भएको छ ।

सुस्तामा झोलुङ्गे पुल, तटबन्ध र बाटोको निर्माण कार्यमा भारतीय पक्षले अवरोध खडा गरेको हो ।

भारतीय पक्षले अवरोध गरेपछि नेपालको सरकारी निकायद्वारा अनुगमन भएको छ ।
 निर्माण कार्य सूचार गराउन भारतीय सम्बन्धित निकायमा पहल गर्ने उद्देश्यले जिल्लाका सरकारी निकायले सुस्ताको अनुगमन गरेका हुन् ।

नेपालको सिमाना अवस्थित सुस्ताभुमि लामो समयदेखि पटकपटक विवादमा पर्दै आएको छ ।

जोखिमपूर्ण यात्रा गर्दै आएका सुस्ताबासीका लागि नेपाल सरकारले नारायणी नदीमा २२ करोडको लागतमा १५ सय ८० मिटर लामो र १ दशमल ६ मिटर चौडा झोलुङ्गे पुलको निर्माण कार्य सुरु गरेको छ ।

त्यस्तै वर्षेनी बाढीले कटान हुँदै गएको सुस्ता बाँधको पनि सरकारले तटबन्ध, सुस्तामा विभिन्न बाटो निर्माण कार्य सुरु भएपछि भारतीय एसएसबीले भारतीय जग्गामा बाटो, तटबन्ध र पुल निर्माण गर्न नपाईने भन्दै काम रोकेको स्थानीयले आरोप लगाए ।

यसरी सुस्तामा निर्माण हुन लागेको झोलुङ्गे पुल, तटबन्ध, बाटो र बस्ती विकासका कार्यक्रममा भारतीय पक्षले अवरोध गरेपछि यस क्षेत्रका सांसद देवकरण कलवारको नेतृत्वमा प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना, स्थानीय विकास अधिकारी, युवराज कट्टेल, नेपाली सेनका कर्णेल पूर्णप्रसाद ढकाल, प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद चौधरी, सशस्त्र प्रहरी उपरीक्षक टंक खडका लगायतले सुस्ताको अनुगमन गरेका थिए ।

सांसद देवकरण कलवारले सुस्ताको अतिक्रमित जग्गा फिर्ता गराई सीमांकन गर्न पटक पटक सदनमा कुरा उठाउदै आएपनि सरकारले यो २ देशको कुरा हो भन्दै टाल्दै आएको आरोप लगाए ।


  •  
  •  
  •