काठमाडौं, ९ साउन (ओएनएस) : भारतीय विदेश मन्त्री शुष्मा स्वराज शुक्रवार साँझ काठमाडौं आइपुगेकी छन् । स्वराज औपचारिक भ्रमणको सिलसिलामा शुक्रबार नेपाल आएकी हुन् ।
२३ वर्षपछि हुन लागेको नेपाल–भारत संयुूक्त आयोगको बैठमा भाग लिन स्वराज नेपाल भ्रमणमा आएकी हुन् । त्रिभुवन अन्तर्राराष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै विदेशमन्त्री स्वराजले २३ वर्षपछि हुन लागेको नेपाल–भारत संयुक्त आयोगको बैठकमा भाग लिन आफू नेपाल आएको बताइन् । बैठक शनिवार काठमाडौंमा हुनेछ ।
बैठकमा आर्थिक सहयोग, व्यापार तथा पारवहन, जलस्रोत, सीमा व्यवस्थापन सुरक्षालगायतका क्षेत्रमा छलफल हुनेछ ।
विदेशमन्त्री स्वराजको भ्रमण भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको यही साउन १८ गते गर्ने भ्रमणको तयारीको रुपमा रहेको छ ।
नेपाल बसाईका क्रममा विदेशमन्त्री स्वराजले राष्ट्रपति डा. रामवरण यादव, प्रधानमन्त्री सुशील कोइराला, परराष्ट्रलगायतका विशिष्ट व्यक्तिसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।