सन्तुष्ट भएर फर्किन सुष्मा स्वराज

355
  •  
  •  
  •  

काठमाडौं, ११ साउन (ओएनएस) : भारतीय विदेशमन्त्री सुष्म स्वराज आफ्नो तीन दिने नेपाल भ्रमण सकेर दिल्ली फर्किएकी छिन् । उनले भ्रमण सोचे भन्दा पनि फलदायी भएको टिप्पणी गरेकी छन् ।

भारतीय विदेशमन्त्री सुष्मास्वराज आइबार पशुपतिनाथको दर्शन गर्न पुग्दा स्वागत गरिँदै । तस्वीर : कविन अधिकारी/ओएनएस
भारतीय विदेशमन्त्री सुष्मास्वराज आइबार पशुपतिनाथको दर्शन गर्न पुग्दा स्वागत गरिँदै । तस्वीर : कविन अधिकारी/ओएनएस

आराध्यदेव पशुपतिनाथको दर्शन गरेर स्वदेश र्फकने क्रममा पत्रकारहरुसँग कुरा गर्दै स्वरजाले नेपाल भ्रमणबाट आफूले सोचेभन्दा पनि धेरै ठूलो सफलता पाएको बताइन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै स्वराजले आफू शन्तुष्ट भएर दिल्ली फर्किन लागेको बताइन् ।

‘नेपाल भ्रमणबाट सोचिेभन्दा धेरै सफलता पाएँ, हामीबीच २६ बुँदामा सहमति भएको छ, अब निश्चित मार्गचित्र बनाएर त्यसलाई दुवै देशको हितमा हुने गरि कार्यन्वयन गर्दै जानेछौं’ उनले भनिन् । उनले ठिक एक सातापछि हुन लागेको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणको तयारी पनि भइरहेको जानकारी दिइन् ।

मोदी आगामी आइतवार विहान साँढे १० बजे बिशेष विमानबाट काठमाडौं आउने तय भएको छ । यसअघि स्वराज पशुपतिनाथ दर्शनका लागि पुग्दा त्यहाँ कोषका पदाधिकारीले स्वागत गरेका थिए । उनले त्यहाँ विशेष पूजा आरधना पनि गरेकी थिइन् । सिँउदोमा हिन्दू नारीको प्रतिक लामो धर्को सिन्दूर लगाएकी स्वराजले भगवान पशुपतिनाथ विश्वका सबै हिन्दूहरुको आराध्यदेव भएको र यहाँ आउन पाउदा आफूलाई गर्व लागेको बताइन् ।


  •  
  •  
  •