स्वराज र अजिजबीच अनौपचारिक भेट

231
  •  
  •  
  •  

sushma-aziz-meetingकाठमाडौँ, ४ चैत्र(ओएनएस) : भारतका विदेशमन्त्री सुष्मा स्वराज र पाकिस्तानका प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार सर्ताज अजिजबीच आज अनौपचारिक द्विपक्षिय वार्ता भएको छ ।

आज बिहान पोखरामा ब्रेकफास्टका क्रममा ७ मिनेटजति लामो अनौपचारिक छलफल भएको बताइएको छ । उक्त छलफलका क्रममा सार्क स्तरीय प्राकृतिक प्रकोप व्यवस्थापन केन्द्रको स्थानबारे छलफल भएको स्रोतले बताएको छ । उक्त छलफलमा पछि नेपाल समेत सहभागी भएको थियो । गत डिसेम्बरपछि सुष्मा र अजीजको भेट दोस्रो पटक भएको हो ।

सरताज अजिजले भेटका क्रममा सुष्मासँग हरेक मुद्दामा आफू छलफल गर्न तयार रहेको बताएका छन् । अजिजले अहिले सार्कको बैठक भनिएपनि सुष्माले चाहेमा कुनै पनि विषयमा छलफल गर्न आफू तयार रहेको बताएका छन् ।

सोही ब्रेकफास्ट कार्यक्रममा भारतीय विदेश सचिव एस जयशंकर पाकिस्तानी समकक्षी एजाज अहमद चौधरीसँगै देखिएका थिए ।

आज दिउँसो भारतीय विदेशमन्त्री स्वराज र पाकिस्तानका सर्तात अजिजबीच अनौपचारिक भेटवार्ता हुने कार्यक्रम तय भएको बताइएको छ ।


  •  
  •  
  •