नेपालमा समावेशी संविधान बनोसः भारत

71
  •  
  •  
  •  

काठमाडौं १० साउन (ओएनएस) : भारतले नेपालका सबै दलको प्रयासबाट समावेशी संविधान बन्ने आशा राखेको बताएको छ । नेपाल भ्रमणमा रहेकी भारतीय विदेशमन्त्री सुष्मा स्वराजले प्रधानमन्त्री सुशील कोइरालासंगको भेटमा सबै दल मिलेर समावेशी संविधान बनाउने आशा राखेको बताएकी हुन् ।

PM-koirala-and-susma2प्रधानन्त्री निवास बालुवाटारमा शनिबार अपरान्ह भएको भेटमा मन्त्री स्वराजले संविधान लेखन प्रक्रिर्याको बिषयमा चासो जनाएकी थिइन् । “नेपालका सबै दलको सहकार्यमा भारत ‘समावेशी’ संविधान बनेको हेर्न चाहन्छ”, प्रधानमन्त्री कोइरालासँगको भेटपछि भारतीय विदेश मन्त्रालयका प्रवक्ता सायद अकबरुद्दिनले स्वीटरमा लखेका छन् ।

PM-koirala-and-susma1मन्त्री स्वराजले प्रधानमन्त्री कोइरालाको स्वास्थ्य लाभको कामना गरेकी थिइन । भेटमा प्रधानमन्त्री कोइरालाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमण गर्न लागेकोमा खुसी व्यक्त गरेका थिए । ‘हामी प्रधानमन्त्री मोदीलाई काठमाडौमा स्वागत गर्न आतुर छौ’ कोइरालाले भनेका थिए ।

तस्विरः भारतीय दूतावास


  •  
  •  
  •