दिनहुँ १२ जनाले गर्छन् आत्महत्या

67
  •  
  •  
  •  

काठमाडौंं २६ भदौ ।
आत्महत्या गर्नेहरुले गर्नु पूर्व कुनै न कुनै लक्षण देखाउने भएकोले समयमै ध्यान पुर्याए यस्तो घटनाबाट बचाउन सकिने सरोकारवालाहरुले जनाएका छन्।

विश्व आत्महत्या रोकथाम दिवसका अवसरमा उनीहरुले यस्तो धारणा राखेका हुन् । आत्महत्या गर्नु अघि मन लागेको बताउने, एकान्तमा ढोका थुनेर बस्न रुचाउने, मन परेको व्यक्तिलाई भेटेर मन परेको कुरा दिन चाहाने, आत्महत्याको लागि आवश्यक साधनस्रोत जुटाउन खोज्ने लगायतका लक्षणहरु देखाउने उनीहरुले जनाएका छन् ।

यी लक्षणको आधारमा तुरुन्तै परामर्श या उपचारमा लैजान सकेको खण्डमा संभावित दुर्घटनाबाट बचाउन सकिने उनीहरुको दावी छ। कुनै न कुनै मानसिक या अन्य समस्याबाट ग्रसित व्यरिुक्तलाई समयमै आफन्त या परिवारले ध्यान नपुर्यानउने समस्या हामी कहाँ रहेको आत्महत्याका अध्ययन गरेका अधिवक्ता कुमार मैनालीले बताए। ‘केही वंशाणुगत समस्या भएपनि मुख्य मानसिक रोगसंग सम्वन्धित समस्या हो’उनले भने ।मानिस बिभिन्न समस्याका कारण डिप्रेसनमा जाने र डिपे्रशनपछि आत्महत्या रोज्ने गरेको उनले बताए। यी कारणहरुको खोज र उपचार समयमै गुर्न पर्ने उनको सुझाव छ ।

नेपाल स्वास्थ्य समाजद्वारा आयोजित कार्यक्रमलाई संबोधन गर्दै समाजका अध्यक्ष ऋषिराज ओझाले आत्महत्याको प्रबृत्तिको स्थिति प्रस्तुत गर्दै यसको रोकथामको लागि सरकारले चासो नदिएको गुनासो गरे।

पछिल्लो चरणमा युवा उमेर समुहले बढी आत्महत्या गर्ने प्रबृत्ति बढ्दै गएको तथ्याङ्कले देखाएको छ। सन् २०१२ को तथ्याङ्क अनुसार १५ देखि २९ बर्षका मानिसहरु आत्महत्या गर्नेमा दोस्रो स्थानमा पर्छन्।

नेपाल प्रहरीको तथ्याङ्क अनुसार आर्थिक बर्ष २०७०/०७१ मा ४ हजार ५ सय १० जनाले आत्महत्या गरेका थिए। यो तथ्याङ्क अनुसार दैनिक १२ देखि १३ जनाले आत्महत्या गर्ने गरेका छन्। नागरिकबाट


  •  
  •  
  •