आत्महत्याको प्रयास विफल भएपछि औषधि बनाउने कम्पनीविरुद्ध मुद्दा

185
  •  
  •  
  •  

चीनमा एक महिलाले आत्महत्याको प्रयास विफल भएपछि किटनाशक औषधि बनाउने कम्पनीविरुद्ध मुद्दा दायर गरेकी छन् ।
आफ्नो जीवनबाट वाक्क भएर उनले आत्महत्याको प्रयास गरेकी थिइन् । मर्नका लागि उनले घरमै रहेको किटनाशक औषधि पिएकी थिइन् ।
तर, औषधि पिएको धेरैबेरसम्म पनि महिलामा कुनै असर भएन । त्यसपछि उनी रिसले आगो भइन् । उनी तत्कालै औषधि बेच्ने पसल पुगिन् र औषधिका विषयमा बुझ्न थालिन् । उनले किटनाशक औषधिमा मिसावट भएको पत्ता लगाइन् ।
ती महिलाले तत्काल प्रहरी कार्यालय पुगेर रिपोर्ट दर्ता गराइन् । साथै उनले उनले नक्कली किटनाशक औषधिका कारण आफै जिवित रहेको पनि उल्लेख गरिन् ।
प्रहरीले नक्कली किटनाशक औषधि बनाउने कम्पनीविरुद्ध पनि मुद्दा दर्ता गराएको छ भने आत्महत्याको प्रयास गर्ने महिलाविरुद्ध पनि आत्महत्याको प्रयासविरुद्ध मुुद्दा दर्ता गरेको छ। एजेन्सी


  •  
  •  
  •