‘ मोदीको धार्मिक भ्रमण भारतकै आन्तरिक कारणले रद्द भएको ’

152
  •  
  •  
  •  

sushma swarajकाठमाडौं, ८ मंसिर (ओएनएस) : भारतीय विदेशमन्त्री सुस्मा स्वराजले प्रधानमन्त्री नरेन्द्र  मोदीको धार्मिक भ्रमण भारतकै आन्तरिक कारणले रद्द भएको बताएकी छिन् ।

सार्कका परराष्ट्रमन्त्रीहरुको ३६ औं बैठकमा भाग लिन सोमबार सँझा काठमाडौं आएकी उनले त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा सो कुरा बताएकी हुन् ।

स्वराजले यस पटक रद्द  भए पनि  निकट भविष्यमा जनकपुर र लुम्विनी र मुक्तीनाथको  भ्रमण गर्ने जानकारी दिएकी छिन् । ‘अर्को पटक समय मिलाएर मोदी भ्रमणमा निस्कनुहुन्छ’ उनले भनिन् ।

स्वराजले सार्कका निणर्यहरुको  कार्यान्वयन प्रक्रिया फितलो रहेकोले  यो शिखर सम्मेलनबाट हुने निणर्य कार्यान्वयन गर्न अग्रसर हुने बताइन्. ।


  •  
  •  
  •  

Comments are closed.