सार्कमा सहभागी हुन भारतीय विदेशमन्त्री काठमाडौंमा

147
  •  
  •  
  •  

 sushma swaraj काठमाडौ, ८ मंसिर(ओएनएस) : १८ औं सार्क शिखर सम्मेलनमा सहभागी हुन भारतीय विदेशमन्त्री सुस्मा स्वराज सोमबार काठमाडौं आइपुगेकी छिन् ।

नौ सदस्यी प्रतिनिधि मण्डलको नेतृत्व गर्दै विदेशमन्त्री स्वराज सोमवार साँझ काठमाडौं आइपुगेकी हुन् । विदेशमन्त्री स्वराजले त्रिभुवन विमानस्थलमा ओर्लेर पत्रकार सम्मेलन गर्ने कार्यक्रम छ ।

सम्मेलनमा सहभागि हुन यसअघि अफगानिस्तानका कायममूकायम विदेशमन्त्री जरार अहमद ओसमानी काठमाडौं आइपुगेका थिए ।

त्यस्तै भुटानका विदेशमन्त्री ल्योन्पो रिन्जिन दोर्जी, माल्दिभ्सकी विदेशमन्त्री दुन्या मौमुन र बंगलादेशका विदेशमन्त्री अबुल हसन मोहम्मद अली काठमाडौं आइसकेका छन् ।


  •  
  •  
  •  

Comments are closed.