प्रधानमन्त्री कोइरालालाई भेटेपछि प्रचण्डले भने ‘३/४ दिनमा सहमति हुन्छ ’

492
  •  
  •  
  •  

Prachanda-sushil1काठमाडौ, ३ पुस (ओएनएस) : प्रधानमन्त्री सुशील कोइराला र एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच संविधानको निर्माणको क्रममा उत्पन्न भएका विवाद मिलाउने बिषयमा भेटवार्ता भएको छ ।

प्रधानमन्त्रीनिवास बालुवाटरमा बिहिबार बिहान भएको भेटवार्तामा दुबै नेताहरुबीच राजनीतिक गतिरोध अन्त्यको लागि छलफल भएको हो । भेटपछि पत्रकारहरुसँग कुरा गर्दै प्रचण्डले विवादको बिषयलाई टुङ्गो लगाउन औपचारिक र अनौपचरिक छलफल गर्ने तथा दलहरुबीच बीच ३/४ दिनमै सहमति कायम हुने बताए ।

उनले दलहरुबीच छलफललाई निरन्तरता दिने पनि बताए । निर्धारित समयमै संविधान जारी गर्न आफूहरु गम्भीर भएको र त्यसबारे प्रधानमन्त्रीसँग सकारात्मक छलफल भएको प्रचण्डले बताए ।

संबैधानिक राजनीतिक संवाद तथा सहमति समितिले संविधानसभामा बुझाएको प्रतिवेदनमाथि छलफलको क्रममा सत्तारुढ तथा बिपक्षी दलका सभासदहरुबीच तीब्र विवाद भैरहेको बेला नेताहरुले भेटवार्ता बढाएका छन् । यसअघि बुधबार एमालले सहमति नभए बहुमतमा भएपनि संविधान जारी गर्नुपर्ने बताएको थियो ।


  •  
  •  
  •