महाराजगञ्जमा सुशीलले चलाए साइकल

318
  •  
  •  
  •  

sushil koirala ride a cycleकाठमाडौँ, १५ पुस(ओएनएस) : जनसंख्या तथा वातावरणमन्त्री विश्वेन्द्र पासवानले पूर्वप्रधानमन्त्री तथा कांग्रेस सभापति सुशील कोइरालालाई साइकल हस्तान्तरण गरेका छन् ।

‘वातावरण मैत्री राष्ट्रिय अभियान’अन्तर्गत मन्त्री पासवानले कोइराला निवास महाराजगञ्ज पुगेर सभापति कोइरालालाई साइकल हस्तान्तरण गरेका हुन् । साइकल पाएका सभापति कोइरालाले केहीबेर आफ्नै निवासमा साइकल चलाए ।

सोही अभियानअन्तर्गत मन्त्री पासवानले मंगलबार प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री तथा एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई साइकल हस्तान्तरण गरेका थिए । पासवानले वातावरणमैत्री अभियानका क्रममा सम्पूर्ण सरकारी कर्मचारीलाई समेत साइकल चढ्न आग्रह गर्दै सञ्चय कोषमार्फत साइकल किन्ने पैसा ऋण दिने बताएका छन् ।

तस्विर सौजन्य : युपी लामिछाने


  •  
  •  
  •