सभापति कोइराला र सरासंघका उपमहासचिव जेफ्रीबीच भेट

256
  •  
  •  
  •  

sushil and jefri feltmanकाठमाडौँ, २५ पुस(ओएनएस) : नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले राष्ट्रसंघका उपमहासचिव जेफ्री फेल्टम्यानसँग भेट गरेका छन् । नेपाल भ्रमणमा रहेका उपमहासचिव जेफ्रीसँग आफ्नै निवास महाराजगञ्जमा भेट गरेका हुन् ।

भेटका क्रममा सभापति कोइरालाले प्रजातान्त्रिक विधि र प्रक्रियाबाटै देशका समस्या समाधान गरिने बताएका छन् । उनले समस्या समाधान गर्न वार्ता र संवाद अगाडि बढिरहेको र यही विधिबाट नै समाधान निस्कने बताए । कोइरालाले अघोषित नाकाबन्दी र असहज आपूर्तिका कारण देखिएको मानवीय संकट समाधान गर्नका लागि संसदको पहिलो दलको हैसियतले नेपाली कांग्रेसले वार्ता प्रक्रियालाई अगाडि बढाइरहेको जानकारी जेफ्रीलाई दिएको कोइरालाका कूटनीतिक मामिला सल्लाहकार डा. दिनेश भट्टराईले बताए ।

सभापति कोइरालाले नयाँ संविधान जारीपछि उत्पन्न अवस्थालाई सम्बोधन गर्न संसद्मार्फत संविधान संशोधन प्रक्रिया अगाडि बढिसकेको बताएको भट्टराईले बताए । आफ्नो प्रधानमन्त्रीको कार्यकालमा आन्दोलनरत् पक्षका माग सम्बोधन गर्न संविधान संशोधनको प्रस्ताव संसदमा पेस गराइएको पनि कोइरालाको भनाई रहेको थियो ।

राष्ट्रसंघका उपमहासचिव फेल्टम्यानले चाँडो नेपालमा देखिएको मानवीय सङ्कट अन्त्य होस् भन्ने चाहना रहेको बताएका छन् । उनले विश्वमा शान्ति, समृद्धि र सुरक्षामा नेपालले खेलेको भूमिकाको प्रशंसा गर्दै नेपालको विकास, राजनीतिक स्थायित्व र दिगो शान्तिका लागि संयुक्त राष्ट्रसङ्घले निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका कोइरालाका सल्लाहकार डा भट्टराईले जानकारी दिए ।


  •  
  •  
  •