सीईओ ज्ञवालीले दोस्रो पटक बुझाए ६ पृष्ठको स्पष्टिकरण

357
  •  
  •  
  •  

Sushil-gyawaliकाठमाडौँ, २४ पुस (ओएनएस) :  राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील ज्ञवालीले सरकारलाई दोस्रो पटक ६ पृष्ठ लामो स्पष्टिकरण बुझाएका छन् ।

सरकारले ज्ञवालीलाई दोस्रो पटक २४ घण्टे स्पष्टिकरण सोधपछि उनले आइतबार विहान ११ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा स्पष्टिकरण बुझाएका हुन् ।

सीईओ ज्ञवालीले भूकम्पपछिको पुनर्निर्माणको काममा समन्वय गर्न नसकेको, पुनर्वासको व्यवस्था गर्न नसकेको र अनुदान वितरण गर्न नसकेको भन्दै पदबाट किन नहटाउने ? भन्दै सरकारले स्पष्टिकरण सोधेको थियो ।  ज्ञवालीले पेश गरेको स्पष्टिकरणमा ‘भूकम्पपीडितलाई अनुदान वितरण गर्ने कार्यविधि पास नगर्दा दोस्रो र तेस्रो किस्ताको रकम वितरण हुन नसकेको’ जवाफ दिएका छन् ।

सरकारले यसअघि पनि ज्ञवालीसँग स्पष्टिकरण सोधेको थियो । स्पष्टिकरण चित्त बुझ्दो नरहेको भन्दै बर्खास्त गर्ने निर्णय गरेको सरकारले महान्यायाधीवक्ताको कार्यालयको सल्लाहअनुरुप दोस्रो पटक स्पष्टिकरण सोधेको थियो ।


  •  
  •  
  •