पुनर्निर्माण प्रधिकरणका सीईओ सुशील ज्ञवाली बर्खास्त

1544
  •  
  •  
  •  

Sushil-gyawaliकाठमाडौँ, २१ पुस (ओएनएस) : सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील ज्ञवालीलाई बर्खास्त गरेको छ ।

बिहीबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले कार्यकारी अधिकृत ज्ञवालीलाई मदमुक्त गर्ने निर्णय गरेको हो ।

ज्ञवालीले बुधबार मात्र सरकारलाई स्पष्टिकरण बुझाएका थिए । तर, उनको स्पष्टिकरण चित्त बुझ्दो नभएको भन्दै मन्त्रिपरिषद्ले बर्खास्त गर्ने निर्णय गरेको हो ।

पूर्ववर्ती सरकारले २०७२ पुस १० गते ज्ञवालीलाई प्राधिकरणको सीईओमा नियुक्त गरेको थियो ।

ज्ञवालीलार्इ साउनमै हटाउन खाेजेका थिए प्रधानमन्त्रीले

प्राधिकरणका सीर्इअाे ज्ञवलीप्रति सुरुदेखि नै असन्तुष्ट रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उनलाई गत साउनमै बर्खास्तको तयारी गरेका थिए । 

प्रधानमन्त्री प्रचण्डले गत साउन २५ गते नै अर्थमन्त्री कृष्णबहादुर महरामार्फत् सीइओ ज्ञवालीलाई ‘केरकार’ गर्न लगाएका थिए । तर, सत्तासिन भएकै बेला सीईओ फेर्दा प्रमुख प्रतिपक्षी एमाले चिढिने देखेपछि प्रचण्डले त्यतिबेला ज्ञवालीलाई हटाएका थिएनन् ।


  •  
  •  
  •