सुशासन, आर्थिक उन्नति र विकासकाे लागि ठाेस नीति अनुसार कार्य हुँदै : प्रधानमन्त्री

366
  •  
  •  
  •  

काठमाडाैँ, १६ बैशाख (अाेएनएस) : प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले सुशासन, आर्थिक उन्नति र विकास लगायतमा ठाेस नीति लिएकाेले साेही अनुसार कार्य अगाडी बढीरहेकाे बताएका छन्।

प्रधानमन्त्री ओलीले आइतबार पहिलो पटक प्रदेश ५ को प्रदेशसभा बैठकलाई  संवाेधन गर्दै यस्ताे बताएका हुन्।

उनले मुलुकमा सुशासन, आर्थिक उन्नति र विकास तिब्रगतिमा लैजानकाे लागि मानवीय तथा प्राकृतिक स्रोत साधन र ज्ञान सीपको उपयोग गर्न आग्रह गरे।

प्रधानमन्त्री ओलीले सरकारले कुनैपनि अनुचित काममा सम्झौता नगर्ने भन्दै केही समूहको फाइदाका लागि हुने सिण्डिकेट निस्तेज पार्न तीनवटै सरकार लाग्नुपर्ने बताए।

उनले थप्दै अगाडी भने,’कार्टेलिङ, घुसखोरी र धम्काउदै बन्द हडताल गर्ने गतिविधिलाई पनि निस्तेज पार्न तीनवटै सरकार गम्भीर भएर लाग्नुपर्ने हाे।’

प्रधानमन्त्री ओलीले लोकतन्त्रको स्थापनाका लागि गरिएका आन्दोलनले केही समय देश पछाडि परेकोभन्दै देशलाई सम्बृद्ध बनाउन कुनै कुरामा नअल्झिन आग्रह गरे।

उनले सरकार साशन गर्नका लागि नभइ जनताको सेवा गर्नका लागि गठन भएको भन्दै भ्रष्टाचार, अनियमितता र घुसखोरी बिरुद्ध नागरिकको रक्षक भएर उभिन समेत निर्देशन दिए।

प्रदेशसभा बैठक यसअघि वैशाख २१ गतेका लागि बोलाइएको भए पनि प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने भएपछि तीन दिनअघि सूचना टाँसेर आजलाई डाकिएको थियो।


  •  
  •  
  •