कांग्रेस सांसद सूर्यबहादुर केसीको निधन

75
  •  
  •  
  •  

काठमाडौं । नेपाली कांग्रेसका सांसद तथा आमन्त्रित केन्द्रीय सदस्य सूर्यबहादुर केसीको निधन भएको छ । सोमबार राति पोखरास्थित घरमा ६३ वर्षका केसीको निधन भएको कांग्रेस कास्कीले जनाएको छ ।

केसी लामो समयदेखि मधुमेह र रक्तचापका बिरामी थिए । राति एक्कासी बिरामी परेपछि चरक मेमोरियल अस्पतालमा लैजाने तयारी गर्दै गर्दा उनको निधन भएको हो । केसी प्रतिनिधिसभामा कांग्रेसका तर्फवाट समानुपातिक सांसद हुन् । उनी राप्रपा त्यागेर २०७४ सालमा कांग्रेस प्रवेश गरेका थिए । पहिलो संविधानसभामा पनि केसी राप्रपाबाट सभासद थिए ।
उनको आजै पोखराको शान्तिघाटमा अन्त्येष्टि गरिने कास्की कांग्रेसले जनाएको छ । केसीले शिक्षा, स्वास्थ्य र सञ्चार क्षेत्रको उन्नति र प्रगतीका लागि समेत महत्वपूर्ण योगदान दिएका छन् ।
केसी तत्कालिन नगरपञ्चायतका प्रधानपञ्च, वरिष्ठ उद्योगपति, नेपालमै पहिलो चाउचाउ राराको उत्पादन कर्ता हुन् । उनी माछापुच्छ्रे बैंकका संस्थापक पनि हुन् ।
यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली काँग्रेसका सांसद सूर्यबहादुर केसीप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । ट्वीटमार्फत उनले भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समबेदना व्यक्त गरेका छन् ।


  •  
  •  
  •