‘तथ्यको आफूखुशी अपव्याख्या र भ्रष्टिकरण किन ?’

274
  •  
  •  
  •  

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले नेकपाका अध्यक्ष पुष्पकमल दाहालले शुक्रबार दिएको सार्वजनिक अभिव्यक्तिको खण्डन गरेका छन्।

प्रचण्डले शुक्रबार पुष्पलाल स्मृति दिवसको सन्दर्भमा आयोजित कार्यक्रममा बोल्दै लिम्पियाधुरा समेटिएको नक्सा जारी गर्दा सबैको योगदान रहेको भन्दै कुनै व्यक्ति वा विशेषको योगदान नरहेको बताएका थिए।

शनिबार सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै थापाले प्रधानमन्त्री ओलीकै अग्रसरतामा नक्सा जारी गरिएको उल्लेख गरेका छन्। उनले सर्वदलीय सहमतिका आधारमा नेपालका नक्सा जारी गरिएको र सुझाव दिनुजस्तो सजिलो नक्सा जारी गर्नु नहुने पनि उल्लेख गरेका छन्।

दाहाललको कार्यशैली र नेतृत्वप्रति पनि थापाले प्रश्न गरेका छन्। १५ दिन भित्र एकता टुंग्याउने केन्द्रीय कमिटीको निर्णय कार्यान्वयन नभएको पनि थापाले बताएका छन्।

उनले भनेका छन्, ‘विपक्षी दलका नेताको यसमा कुनै गुनासो र हीनता प्रकट नहुने, सत्ताधारी दलभित्र किन उछिनपाछिनको होडबाजी चलिरहेको छ ?’ ।

उनले पार्टीभित्र मपाइत्व प्रदर्शन भएको समेत आरोप लगाएका छन्। ‘तथ्यको आफूखुशी अपव्याख्या र भ्रष्टिकरण किन ?, थापाले लेखेका छन्। दाहालले पार्टी निर्णयबाट नक्सा जारी गरिएको बताएका थिए।

नक्सा प्रकाशनमा सुझाव, निर्देशन र निर्णयकाे अन्तर्यध्यान र निशाना कहाँ छ ?-सूर्य थापा नेपाल कम्युनिस्ट पार्टी…

Surya Thapa यांनी वर पोस्ट केले शुक्रवार, २४ जुलै, २०२०

 


  •  
  •  
  •